डिल्ली राम कडरिया
अध्यक्ष, आभानी मिडिया प्रा.लि
दशैँ रमाईलो भयो । पहिले त घरमै छोराछोरी नातिनातिनालाई टिका आर्शिवाद दियो । धादिङ्गमा ससुराली भएकाले अहिले ससुरालीमा टिका ग्रहण गर्न गएको छु । समग्रमा रमाईलो भयो सबैजना सँग भेट भयो खुसी सहित मनाईयो ।
लोक प्रसाद भुर्तेल
ब्यवसायी
यसपालि टिका थिएन । ठुलोबुबाको शोकमा थियौँ । अब व्यवसायको हिसाबले गर्दा दशैको दिन पनि पसल खोल्यौँ । कोल्ड
ड्रींकको भएकाले गर्दा राम्रो व्यपार भयो । त्यही दशै मनाउन पाएनौँ अरुको निधारमा टिका जमरा देख्दा अलि खल्लो लाग्यो ।
रोचन श्रेष्ठ
होटल व्यवसायी, आई कुक होटल एण्ड रेष्टुरेण्ड
व्यवसायको नाताले गर्दा सधै होटल खुल्ला गथ्र्यौँ । यसपालि दशैमा हामीले होटल बन्द गर्यौ । सधै व्यापार गरेर समय नदिँदा इष्टमित्र पनि रिसाउनुभयो त्यही भएर यसपालि परिवारलाई समय दियौँ । करिब १७ वर्ष पछि मामाघर गएको उहाँ टिका अर्शिवाद ग्रहण गर्दा सबैजना खुसी हुनुभयो । यो साल यादघार र रमाईलो भयो । व्यापारी भए पछि फेरि व्यपार तिरै लाग्नुपर्यो । दशै टिका लगाई फर्कियौँ अब होटल तिर नै व्यस्त हुन्छु । समग्रमा दशै रमाईलो भयो ।
रुपेश सदाशंकर
सुन चाँदी व्यवसायी, रुपलाल सुनचाँदी पसल
दशै रमाइलो नै भयो । पहिले त जेठो बुबाको हातबाट टिका आर्शिवाद ग्रहण गरियो । ससुरालीमा यसपालि टिका थिएन् त्यही भएर गएनौँ । साथीभाईहरु सँग रमाईलो नै भयो ।
ठाकुर कोइरला
ड्राइविंग व्यवसायी, देवचुली ड्राइविंग ईन्स्टिच्युट
दशैँ रमाईलो भयो । आँफूभन्दा मान्यजनको हातबाट टिका र आर्शिवाद ग्रहण गरियो । ससुराली बुटबलमा भएकाले अहिले ससुरालीमा नै छु । समग्रमा २०७६ सालको दशैँ रमाईलो भयो ।