गिर बहादुर थापा क्षेत्री
अध्यक्ष, देवचुली नगरपालिका वडा नं ४
समग्रमा भन्नु पर्दा दशैँ रमाईलो नै भयो । बुबाआमाको हातबाट टिका लगाईयो । काटमार गर्ने चलिआएको परम्परा त्यसलाई पनि मनाईयो । सांस्कृतिक कार्यक्रमहरुमा शुभकामना आदान प्रदान गरियो । गाँउमै ससुराली भएकाले त्यहाँ पनि पुगि आर्शिवाद लिईयो । र बचेको समय परिवार सँग घुमन्को लागि जुगेडीमा रहेको कविलाश रिसोर्टमा रमाईलो गरियो ।
केशर बहादुर आले
अध्यक्ष, देवचुली नगरपालिका वडा नं १०
दशै ठिकै भयो आमाबुबा हुनुहुदैन त्यसैले अलि खल्लो लाग्छ । ससुरालीमा पनि जुठा पर्नेभएकाले उता पनि गईएन । त्यसैले पहिले जस्तो रमाईलो भएन् । छोरीज्वाईहरु आउनुभएको थियो उहाँहरुलाई टिका आर्शिवाद दिईयो ।
रमेश बहादुर ठाडा
अध्यक्ष, देवचुली नगरपालिका वडा नं ११
बुबा आमाको हातबाट टिका ग्रहण गरियो । साथीभाईहरु सँग रमाईलो गरियो । ससुराली गईयो ठिकै भयो ।
दिनानाथ भुसाल
अध्यक्ष, देवचुली नगरपालिका वडा नं १२
यस पालि दशैँ पहिले भन्दा धेरै रमाईलो भयो । करिब ३० बर्ष पछि आनो जन्म घर स्याङ्जामा आएको छु । स्याङ्जामा मेरो माईली आमा हुनुहुन्छ । उहाँको हातको साथै मेरो मामाघर सबै मान्यजनको हातबाट टिका र आर्शिवाद ग्रहण गरि पुर्णमामा फर्कदैँ छु । हाम्रो परिवार अरुभन्दा अलि फरक पनि छ साहाकारी छौँ र सामान्य तरिकाले रमाईलो गरि मनाईयो ।
केशर बहादुर क्षेत्री
अध्यक्ष, देवचुली नगरपालिका वडा नं १६
दशैँ पहिलेको जस्तै गरि मनाईयो ।भाउजुको हातबाट टिका र आर्शिवाद ग्रहण गरियो । समग्रमा यसपालि ठिकै भयो र दशैको खाली समयमा घुमघामको लागि गैडाकोटबाट माथि गाँउ तिर जादैँ छु ।
चन्द्रा लम्साल
वडा सदस्य, देवचुली वडा नं १४
दशैँ रमाईलो नै भयो । धारापानी माईत गईयो सबैको हातको टिका लगाईयो । साथीभाईहरु सँग भेट भईयो जे होस रमाईलो नै भयो ।
सुवोचन्द्र सुवेदी
वडा सदस्य देवचुली वडा नं १३
सबैभन्दा पहिले त रमाईलो भयो यसपालिको दशै । पहिले त घरमा नै सासुआमाको हातको टिका लगाईयो श्रीमान , जेठाजु, जेठानीको हातबाट टिका आर्शिवाद लिईयो । माइती घर नजिकै रजहरमा छ त्यहाँ पनि पुगी टिका आर्शिवाद लिई घरमै फर्कयो साथीभाईहरु सँग रमाईलो नै भयो ।
बाबुराम माझी
कार्यपालिका सदस्य देवचुली नगरपालिका
घरमा आमा हुनुहुन्छ उहाँको हातबाट टिका र आर्शिवाद लिगियो । त्यस पछि गाँउमा वृद्धा बुबा आमाहरुको हातको टिका लगाए । रमाईलो नै भयो । ससुराली पुर्णमा सम्म पुग्ने बिचारमा छु । हेरौँ समय कतिको मिल्छ ।