पूर्णकुमार श्रेष्ठ
नगरप्रमुख, देवचुली नगरपालिका
कार्यालयको काम साथै विभिन्न संस्थाको शुभकामना आदान प्रदान कार्यक्रममा व्यस्त थिए । यसपाली दशैँ सधैको बर्ष जस्तै घरमै परिवारका सम्पूर्ण सदस्यसँगै टिका लगाउने र टिका लगाउन आउने सम्पूर्णलाई आर्शिवाद दिएर नै दशैं मनाउने योजना छ । खाशै नयाँ योजना कही छैन,पोहोर परार जस्तै सम्पूर्ण आफन्तसँग भेटघाट गरी मनाइन्छ दशैं ।
पार्वता तिवारी
उपप्रमुख,देवचुली नगरपालिका
यसपालिको दशैँ घरमै मनाउने भएका छौँ । अघिल्लो बर्ष टिका लगाएर दशैं मनाए पनि यसपाली मेरो कान्छो ससुरा स्वर्गे हुनुभएकाले यसपाली त्यति रमाईलो छैन । घरमै सामन्य तरिकाले खानपिन गरि मनाउदैँ छु ।
विष्णु प्रसाद भुसाल
प्रमुख प्रशासकीय अधिकृत,देवचुली नगरपालिका
यसपाली दशैंको टिका नभए पनि खानपान र घुमघाम गरि दशैं मनाउँदै छौं । यधपी दुखको भन्दा खुसीयालीले दशैं नभएको हो हाम्रो,अर्थात् सुत्केरा परेर । टिका नभएकाले भ्रमण बर्ष २०२० लाई सफल पार्न मज्जाले परिवारसंगै घूमघाम गर्दैछु । सम्भव भएसम्म सपरिवार देवचुली चुचुरो पुग्ने योजना छ । पञ्चबली दिइन्छ तर आंफुभित्र भएको पञ्च अवगुण काम,क्रोध,लोभ,मोह र अहंकारलाई बलि दिन सके दशैंको सार्थकता होला जस्तो लाग्छ । दशैंमा घर-आँगन त सफा गरिन्छ मन पनि सफा गर्न सके अझै राम्रो हुन्थ्यो होला ।
खिमानन्द भुसाल
अध्यक्ष, प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता समिति
विभिन्न सांस्कृतिक कार्यक्रम र संस्थाको कामहरुमा व्यस्त थिए । यसपालिको दशैँ विभिन्न ठाँउबाट साथीभाईहरु गाँउमा आउनुभएको छ,उहाँहरुलाई भेटघाट गर्नमा ब्यस्त भइन्छ । दशैँको दिन घरमै टिका लगाएर परिवारसंगै हुन्छ । संस्थाको जिम्मेवारी रहेकोले खानेपानीको सेवा २४ सै घण्टा दिनुपर्ने हुंदा त्यता पनि समय खर्चिने छु । सामान्य तरिकाले दशैँ दशैं मनाउँदै छु ।
नरदेव न्यौपाने
प्रधानाध्यापक, भिमसेन आदर्श नमूना माध्यमिक विधालय
दशैं पहिले देखि नै चलि आएको परम्परालाई पछ्याउँदै सांस्कृतिक तरिकाले मनाउने छु । आँफु भन्दा सम्मानीत ब्याक्तिहरूको हातबाट टिका ग्रहण गर्ने र मिठोमसिनो खाने योजना छ । घरपरिवार, साथीभाईहरुसँग रमाउने र शुभकामना आदानप्रदान गर्दैछु साथै समय मिले सम्म दुईवटा पुस्तक पढ्ने सोचमा छु । एउटा त पढिसके अब दुईवटा समय मिले सम्म पढ्ने कोसिस गर्नेछु ।
रेशम सापकोटा
अध्यक्ष,देवचुली उधोग वाणिज्य संघ
विजयदशमी यसपाली घरमा नमनाउने भएकाले विगतका वर्षहरुमा भन्दा खल्लो लागिरहेको छ । म आँफुले टिका नलगाए पनि दशैं सबैजनाले राम्रो सँग मनाउन आग्रह गर्दछु । यसपाली मौसम पनि त्यति राम्रो नभएकाले दशैँ पहिले भन्दा फरक लागिरहेको छ ।
बसन्त पोख्रेल
अध्यक्ष,देवचुली जेसिज
साथीभाइहरु विदेशबाट आउनुभएको छ उहाँहरुलाई भेटघाट गरिरहेको छु । पिङ्ग हालेको छौँ गाँउमा रमाईलो गर्ने विभिन्न सांस्कृतिक कार्यक्रमहरुमा सहभागी भैराखेको छु । फुलपातीको दिन खसी काट्यौँ । टिका घरमै लगाउने, बुबाआमाको हातबाट आर्शिवाद लिई ससुरालीमा जाने सोचमा छु ।
लोक बहादुर कार्की
अध्यक्ष धुसेरी सामुदायिक वन उपभोक्ता समिति
संघसंस्थामा लागिसके पछि धेरै काम हुन्छ त्यहीमा भुलियो । विभिन्न कार्यक्रमहरुमा उपिस्थत हुदैँ दशैँ रमाईलो गरि मनाउँदै छु । यसपाली पनि टिका छ, आँफुभन्दा ठुलावडाको हातबाट टिका ग्रहण गरि आर्शिवाद लिनेदिने गर्दछु । साथै नजिकै १६ नं मा ससुराली भएकाले त्यहा पनि पुग्छु ।
सरिता शर्मा
अध्यक्ष,महिलाकल्याण बहुदेशीय सहकारी संस्था लिमिटेड
यसपालि दशैँमा कतै गईदैन । घरमा बुढि आमा भएकाले उहाँको हेरविचार गर्नुपर्ने भएकाले कतै जाँदिन । घरमै चौरसी बर्ष पुग्नुभएको आमाबुबाको हातबाट टिका ग्रहण गर्ने घरमै छोराछोरी सँग रमाईलो गर्ने छु ।
कृष्णादेवी शर्मा श्रेष्ठ
साहित्यकार
बिराटनगरबाट छोरीज्वाई आउनुहुन्छ । आँफु पनि घरमा टिका ग्रहण गरि गैडाकोट र १६ नं जान्छु | दशैंमा ख़ास नयाँ योजना त छैन | साहित्यकार भएकाले किताब पढ्ने रूचि छ | यसपाली अमर न्यौपानको "गुलाबी उमेर" पढ्छु | सामान्यतया छोरीज्वाईहरुसंगै रमाइलो गर्दै बित्छ यो दशैं |
तेज प्रसाद न्यौपाने
अध्यक्ष,दलदले बजार व्यवस्थापन समिति
सधै जस्तै आँफु भन्दा ठुलावडाको हातबाट टिका लगाउने आर्शिवाद लिने,सानालाई टिका लगाईदिएर आशिर्बाद दिने | यस्तैयस्तै गरेर मनाईन्छ दशैं | दशैं कै लागी नयाँ योजना नभए पनि दशैं यसै पनि ख़ास लागिहाल्छ |
भीमलाल तिवारी
अध्यक्ष,देवचुली नगर युवा तथा खेलकुद बिकास समिति
घरमा सबैको टिका भए पनि मैले टिका लगाउँदिन यसपाली | मेरो मित-आमा बित्नु भएको भएर मैले चाँही टिका नलगाउने निर्णय गरेको हूँ | खानपिन गरेर घरपरिवार र साथीभाईसंग रमाईलो गर्ने त छदैंछ | जुवातास खेल्न मन पराउँदिन त्यसैले सामान्य तरिकाले खानपान मात्रै गरेर बित्छ यसपालीको दशैं पनि |