देवचुली
कृषला सापकोटा
देवचुली नगरपालिका वडा नं ९ को आयोजनामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । नेपालीहरुको महान पर्व विजयदशमीे, शुभ दिपावली एवं छठ पर्वको अवसर पारि वडा नं ९ ले शुभकामना आदान प्रदान एंव चियापानको आयोजना गरेको हो । देवचुली ९ विशालटारमा रहेको कालिका माध्यमिक विधालयमा वडा भित्रका विभिन्न संघ संस्थाका पदाधिकारी, वडाका प्रतिनिधि, सुरक्षा प्रमुख एवं प्रतिनिधि, आमा समुह, युवा क्लब, सामुदायिक वन, टोल सुधार समिति,विधालय , सहकारी, खानेपानी, उपभोक्ता समितिका अध्यक्ष एवं प्रतिनिधिहरुको उपस्थितिमा कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रमको अध्यक्षता देवचुली नगरपालिका वडा नं ९ का अध्यक्ष मेख बहादुर सारुले गर्नु भएको थियो भने प्रमुख अतिथिको रुपमा देवचुली नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद भुसाल रहनुभएको थियो । कार्यक्रमा विशेष अर्तिथिको रुपमा औधोगिक सुरक्षा बल शसस्त्र बेश क्याप दलदलेका प्रमुख प्रहरी उपरिक्षक अमर गुरुङ्ग रहनुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि भुसालले नेपालीहरुको महान चाडपर्वको अवसरमा सम्पुर्ण नेपालीको घर आँगन र परिवारमा सुख, शान्ति र सम्वृद्विले बास गरोस भन्दै चाडवाडका बेलामा हुने मध्यपान, लागुऔषध सेवन तथा भड्किलो किसिमले मनाउन नहुने बताउनु भयो ।
यसैगरी औधोगिक सुरक्षा बलका प्रहरी उपरिक्षक गुरुङ्गले चाड पर्वमा हुन सक्ने घटनाहरुको बारेमा वडाबासीले तत्काल प्रहरी प्रसाशनलाई जानकारी गराउन आग्रह गर्नुभयो । कार्यक्रमा नेकपाका वडा कमिटिका अध्यक्ष तुलसी राज अर्याल, नेपाली काङ्ग्रेसका वडा सभापति विष्णु प्रसाद भुसाल, प्रजातान्त्रिक सेनानी नन्दलाल कंडेल, लागुऔषध तथा दुव्र्यशनी नियन्त्रण समितिका अध्यक्ष राजेन्द्र भुसाल लगायत सम्पूर्ण उपस्थित व्यक्तित्वहरुले शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा करिब ५० जना वडाबासिको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण १०३.८ ह्याप्पी एफ.एम का स्टेसन म्यानेजर आदर्श सुशिलले गर्नुभएको थियो ।