देवचुली,माधब सुबेदी
देवचुलीको दलदलेमा रहेको अस्थाई प्रहरी चौकीद्धारा परिचयात्मक अन्तरक्रिया तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आज अस्थाई प्रहरी चौकी परिसरको सभाहलमा उद्योगी ब्यवसायी, नागरीक , जनप्रतिनिधि, राजनैनिक दलका प्रतिनिधि , समाजसेवी, बुद्धिजिवीलगाएतका ब्यक्तिहरुसंग अन्तरक्रिया गरिएको थियो ।
कार्यक्रममा अस्थाई प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक अर्जुन रानाले चाडपर्व नजिकीदै गर्दा गाउँ समाजमा हुने झगडा, चोरी, डकैती, मादकपदार्थ सेवन गरेर होहल्ला गरि अरुलाई समस्या पुग्ने खालका गतिविधिहरु हुन नदिन के गर्दा ढिक होला? जस्ता विभिन्न बिषयबस्तुहरुमा अन्तिरक्रिया गरिएको थियो ।
उहाका अनुसार नागरीकमा शान्ति प्रत्याभुती गर्न समुदाय र प्रहरीले गर्नुपर्ने भूमिकाका बिषयमा छलफल गरिएको रानाले बताउनुभयो । उपस्थिती सहभागिले पछिल्लो समय देवचुलीको विभिन्न क्षेत्रहरुमा चोरी गतिविधिहरु एक्दमै उकालो चढेकोले चाडपर्वको समयमा सुरक्षा ब्यवस्था कडा बनाउने विषयमा बिशेष जोड दिईएको थियो ।
अस्थाई प्रहरी चौकी प्रमुख रानाले सुरक्षा ब्यवस्था मात्र कडा बनाएर मात्र नहुने भन्दै सबैले प्रहरी माथी सदा बिश्वार र हातेमालो गरेमा काम गर्ने सजिलो हुने बताए ।अन्तरक्रियात्मक कार्यक्रममा देवचुली वडा नं ६ का वडाध्यक्ष मीनहादुर सोती, ७ का वडाध्यक्ष भुपराज पाठक, ९ का वडाध्यक्ष मेखबहादुर सारु, १२ का वडाध्यक्ष दिनानाथ भुसाल लगायत ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।