गणतन्त्र पक्षधरको आलोचना गर्दै हिँडेका भ्रष्टाचार विरोधी अभियान्ता ज्ञानेन्द्र शाहीमाथि चितवनमा आक्रममण भएकोप्रति काँग्रेस नेता गगन थापाले विरोध गरेका छन् । उनले आक्रमणमा संलग्नहरुलाई कायरको संज्ञा दिँदै उनीहरुका बारेमा टिप्पणी गर्नुको कुनै अर्थ नरहेको टिप्पणी गरेका छन् ।‘ज्ञानेन्द्र शाहीमाथि आक्रमण गर्ने विचरा कायरहरुका बारेमा के टिप्पणी गर्नु ? यो कायरताका लागि उक्साउनेहरु दोषी हुन्। अब हिसाबकिताब यिनैसँग माग्नुपर्छ,’ थापाले सामाजिक सञ्जालमार्फत भनेका छन् ।भरतपुरको चौविसकोठीमा उनको समूहले आयोजना गर्न लागेको कार्यक्रम बिथोलिएपछि आफू बसेको होटलबाट बाहिरिने क्रममा दिउँसो उनीमाथि आक्रमण भएको थियो ।