देवचुली,
झरना सहारा समुद्घाटन समारोह तथा विविध सांस्कृतिक कार्यक्रम २०७६ शनिबार दलदलेको साहारा पार्टी प्यालेसमा सम्पन्न भएको छ । झरना सुन चाँदी पसल देवचुली १३ दलदलेको आयोजनामा १६ बर्ष प्रवेशको अवसरमा विविध सांस्कृतिक कार्यक्रम गरिएको थियो । नेपालीहरुको महान पर्व विजयदशमी तथा दिपावलीको पावन अवसरमा दाजुभाई दिदीकहिनीहरुको लागि भरपूर्ण मनोरञ्जन गराउने उद्धेश्यले विविध सांस्कृतिक कार्यक्रम गरिएको झरना सुनचाँदी पसलका प्रोपाईटर विरेन्द्र सुनारले बताउनुभयो ।
कार्यक्रममा अध्यक्षता झरना सुन चाँदी पसलका प्रोपाइटर मिठु सनार रहनुभएको थियो भने प्रमुख आतिथ्त्यता केन्द्रीय प्रथम उपाध्यक्ष नेपाल सुन चाँदी व्यवसायी महासंघका विपिन रामुदामुले गर्नुभएको थियो । यस्तै विशेष अतिथीका रुपमा सुन चाँदी व्यवसायी महासंघका केन्द्रीय सदस्य बाबुराम विश्वकर्मा रहनुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी रहनुभएका रामुदामुले झरना सुनचाँदी पसल स्थापनाकाल देखिनै ग्राहकवर्गहरुको चाहनालाई मध्यनजर गर्दै गुणस्तरीय र डिजाइनका सुनचाँदी प्रदान गर्दै आएको र आगामी दिनमा पनि नयाँ भवनबाट सुनचाँदी व्यवसाय सफलताका साथ अगाडी बढाउन आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा पछिल्लो समय निकै चर्चा बटुल्न सफल भएका गलबन्धी च्यातियो र बोलमायाका राष्ट्रिय कलाकार प्रकाश सपूत र शान्ति श्री परियारले बेजोड प्रस्तुती दिएका थिए । त्यस्तै स्थानीय कलाकार भुवन प्यासी, नवराज थापा, राशी रिजाल, सन्तोष कालीकोटी, जय रसाइली (मोडल) लगायतको बेजोड प्रस्तुती दिई दशर्कहरुलाई भरपूर्ण मनोरञ्जन दिईएका थिए ।
नेपालीहरुको महानपर्व विजयादशमीको पावन अवसरमा कला, धर्म र संस्किृतलाई संरक्षण गर्ने उद्धेश्यले विधि सांकृतिक कार्यक्रमको आयोजना गरिएको झरना सुन चाँदी पसलका प्रोपाइटर मिठु सुनारले बताउनुभयो । यस्तै सांस्कृतिक कार्यक्रममा देवचुली १४ न्यु प्रगती उधोग , देवचुली १३ दलदले रमा मोबाईल सेन्टर, देवचुली १३ होटल हातेमालोको बिशेष सहयोग रहेको थियो । कार्यक्रममा स्थानीय जनप्रतिनिधी, स्थानीय बासिन्दा लगायतको उपस्थिती रहेको थियो भने कार्यक्रमको सहजीकरण सागर न्यौपानेले गर्नुभएको थियो ।