श्री महिला बहुउदेश्यीय सहकारी संस्था लिमिटेडको २१ औँ साधारण सभा शनिबार देवचुली पार्टी प्यालेस दलदलेमा सम्पन्न भएको छ । कार्यक्रममा अध्यक्षता महिला कल्याण बहुदेश्यीय सहकारी संस्था लिमिटेडकी अध्यक्ष सरिता शर्मा रहनुभएको थियो भने प्रमुख आतिथ्तयता देवचुली नगरपालिकाका नगर प्रमुख पूर्ण कुमार श्रेष्ठले गर्नुभएको थियो । यस्तै विशेष अतिथीका रुपमा युवा तथा साना व्यवसायी स्वरोजगार कोष जिल्ला संयोजन अनुगमन समितिका सदस्य सचिव प्रितम भुजेल, जिल्ला बचत सहकारी संस्थाका सचिव होमनाथ जैसी, देवचुली नगरपालिका सहकारी शाखा प्रमुख सुनिल पौडेल, प्रगतिनगर खानेपानी तथा सरसफाई समितिका अध्यक्ष खिमानन्द भुसाल लगायतको उपिस्थती रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी रहनुभएका नगर प्रमुख श्रेष्ठले यस महिला कल्याण बहुदेश्यीय सहकारीले विगतका दिनहरुमा महिलादिदी बहिनीहरुको लागि मात्र नभई हरेक व्यक्तीको लागि शरहणीय काम गरेको र आगामी दिनहरुमा पनि आफनो कामलाई यसरी नै निरन्तरता दिन आग्राह दिदैँ शुभकामना व्यक्त गर्नभएको थियो । २१ औँ वार्षिक साधारण सभामा एक बर्षमा गरिएको कामको समिक्षाको निमित्त वार्षिक प्रतिवेदन संस्थाकी अध्यक्ष सरिता शर्मा, कोषाध्यक्ष शेषकान्ती सापकोटा, लेखा सुपरिवेक्षण समितिको तर्फबाट गीता कोइराला, ऋण उपसमितिको तर्फबाट तुलसी भुसालले गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै संस्थाकी अध्यक्ष सरिता शर्माले महिला कल्याण सहकारी संस्थाले २१ बर्ष भित्रमा २ हजार १ सय २० जना सदस्य बनाउन सफल भएको । यस्तै रु ४४ लाख ६४ हजार ७८३ शेयर पूँजी, ३ करोड ९९ लाख ७ हजार ३१८ बचत, ३२ लाख ६६ हजार २९७ सय कुल सम्पति, ४६ लाख २२ हजार २९ सय संस्थागत पूँजी गराउन सफल भएको बताउनुभएको थियो । संस्थाले नियमित बचत गदैँ महिला, बालबालिका र सरसफाईको क्षेत्रमा सामाजिक कार्यमा संलग्न हुने, जनचेतना साथै सहकारी शिक्षा शिविर, स्वास्थ्य जस्ता अवसर प्रदान गर्ने, समाजमा देखा परेका विकृती र विसंगती हटाई समाजलाई परिवर्तन गर्ने, दलित, विपन्न, अपाङग असाहाय जनजातिका महिलाहरुलाई समेटी समक्ष बनाउने जस्ता काम पनि गरिरहेको शर्माले जानकारी गरााउनुभयो ।
कार्यक्रममा असल ऋणी निरा भण्डारी, असल बचत कर्ता संगीता श्रेष्ठ, असल बाल बचत कर्ता खुम बहादुर टण्डन, तिज गीत तथा नृत्य प्रतियोगितामा पुरस्कार प्रायोजन गरी आर्थिक सहयोग गर्ने राम स्टेशनरी रमेश भुर्तेल, तीज गीत तथा नृत्य प्रतियोगिता तृतीय प्रस्कार प्रायोजन गरी आर्थिक सहयोग गर्ने कालिका अफसेटका श्याम आचार्य, १ महिने निशुल्क योग शिविर संयोजक हरिकला बुद्धी लगायतलाई २१ औँ बार्षिक उत्सवमा सम्मान सहित मायाको चिनो प्रदान गरिएको थियो । यस्तै कार्यक्रममा खिमानन्द भुसाल, कृष्ण शर्मा, विमला अधिकारी, होमनाथ जैसी लगायतले शुभकामना मन्तव्य गर्नुभएको थियो । कार्यक्रममा शेयर सदस्य लगायतको उपस्थिती रहेको थियो भने कार्यक्रमको सहजीकरण महिला कल्याण बहुदेश्यीय सहकारी संस्थाकी सचिव रत्नमाया विश्वकर्माले गर्नुभएको थियो ।