देवचुली,माधब सुबेदी
देवचुली माध्यमिक विद्यालयले जिल्ला भरीमा सर्वाेत्कृष्ट र उत्कृष्ट नतिजा ल्याउने विद्याथीहरुलाई शुक्रबार बधाई तथा सम्मान कार्यक्रम गरेको छ । देवचुली १६ रजहरमा रहेको देवचुली माध्यामिक विद्यालयले राष्ट्रिय परिक्षा बोर्डबाट २०७६ सालमा लिईएको कक्षा ११ को बार्षिक परिक्षामा जिल्ला भरिमै सर्वाेत्कृष्ट र उत्कृष्ट जि.पी.ए ल्याएका विद्यार्थीहरुलाई सम्मान गरेको थियो ।
कार्यक्रमको अध्यक्षतामा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ललित बहादुर बोहोरा रहनुभएको थियो भने देवचुली नगरपालिका उप प्रमुख पार्वता तिवारीले प्रमुख अतित्थ्यता गर्नुभएको थियो ।
त्यस्तै विशिष्ट अतिथीको रुपमा देवचुली नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद भुसाल, देवचुली नगरपालिकाका शिक्षा शाखा प्रमुख राम प्रसाद शर्मा रहनुभएको थियो भने विशेष अतिथीको रुपमा देवचुली वडा नं १६का बडाध्यक्ष एवम वर्डा सदस्यहरु,
शिक्षक अभिभावक संघका अध्यक्ष बाबुराम पौडेल, सल्लाहाकार समितिका संयोजक, निर्माण समितिका संयोजक, आमा समुह, खानेपानि समिति, युवा कल्बहरु, टोल सुधार समिति लगाएत रहनुभएको थियो । कार्यक्रममा साइन्स वायालोजीबाट ३.७३ जि.पी.ए. ल्याउने देवचुली निवासी जया श्रेष्ठ, मेनेजमेन्टबाट ३.६७ जि.पी.ए. सर्मीला पौडेल र प्राविधिक क्षेत्रबाट कक्षा ११, १२ विद्यार्थी
गरि करिब ८० जना विद्यार्थीहरुलाई बिशेष बधाई र सम्मान गरिएको थियो भने देवचुली क्याम्पस प्रमुख राजन गौतमले उत्कृष्ट नतिजा ल्याउने विध्यार्थीहरुलाई आफनो तर्फबाट रकम हस्तान्त्रण गर्नुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी तिवारीले विद्यार्थी भनेका विद्यालयको गहना रहेको र विद्यार्थीहरुलाई शुभकामना साथै अब आउने दिनहरुमा पनि आफनो
नाम, समाज, देश र आफुले शिक्षा लिएको स्कुल र शिक्षकहरुलाई कहिलै नभुल्न जोड दिनुभएको थियो । कार्यक्रममा करिब ३०० जनाको उपस्थिती रहेको थियो भने कार्यक्रमको सहजिकरण देवचुली माध्यामीक विद्यालयका शिक्षक एवम समाजसेवी शिबहरी अधिकारीले गर्नुभएको थियो ।