सपनाबारे लामो समयदेखि अध्ययन–अनुसन्धानहरू हुँदै आएका छन् । पछिल्ला अध्ययन–अनुसन्धानहरूको सार छ – सपनाले हाम्रो मन–मुटुमा लागेको चोटमा मल्हम लाउँछ वा भावी जोखिमप्रति हामीलाई सचेत बनाउँछ ।सपनाले मान्छेको सोच र भावनामा क्षणिक तर गहिरो प्रभाव पार्छ । मान्छेले मात्र होइन, निदाउने जति सबै प्राणीले सपना देख्छन् । तर, सम्पूर्ण प्राणीको तुलनामा मानव मस्तिष्क अतुलनीय रूपमा विकसित भइसकेकाले अन्य प्राणी र मान्छेले सपनालाई ग्रहण गर्ने तरिका भने निकै फरक हुन्छ ।कतिपय अनुुसन्धाताहरू भने सपनाले व्यक्तिगत चासो र भयलाई नाटकीय रुप मात्रै दिने तर्क गर्छन् । सपनाको कुरा गर्दा सिग्मन्ड फ्रायडलाई बिर्सन मिल्दैन । फ्रायडले भनेका छन् – मानिसका अतृप्त चाहनाहरू सपनाका रुपमा प्रकट हुन्छन ! सपना के हो ? हामी किन सपना देख्छौँ ?
कतिपय अनुुसन्धाताहरू भने सपनाले व्यक्तिगत चासो र भयलाई नाटकीय रुप मात्रै दिने तर्क गर्छन् । सपनाबारे फ्रायडले जे तर्क गरेका छन्, त्यो पुष्टि हुने पर्याप्त प्रमाण छैन । तर, उनका समर्थकहरू विश्वभर छन् ।हालै गरिएको एक अध्ययनमा अमेरिका, दक्षिण कोरिया र भारतका विद्यार्थीहरूले सपनाबारे प्रमाणित सिद्धान्तलाई मान्नेभन्दा पनि सपनाले मानिसको भित्री चाह प्रकट गर्छ भन्ने मान्ने गरेको देखियो ।त्यही अध्ययनअनुसार, विमान चढ्नु अघिल्लो रात विमान दुर्घटनाको सपना देख्दा मानिसहरू जति डराउँछन, त्यति डर त तिनलाई आतंककारी आक्रमण हुँदैछ भन्ने सरकारी घोषणा सुन्दा पनि लाग्दैन ।सपनाले हाम्रो भविष्य त बताउन सक्दैन, तर यसले हाम्रो मनमा प्रायः के कुराले डेरा गाडेको हुन्छ भन्ने देखाउँछ । धेरैजसो सपना र्‘यापिड आइ मुभमेन्ट (आरइएम) स्लिप साइकल’ मा देखिन्छ । एक रातमा एक औसत व्यक्तिले चारदेखि पाँचोटासम्म आरइएम स्लिप साइकल अनुभव गर्दछ ।
आठ प्रतिशत सपना यौनसम्बन्धी हुन्छन् । यो महिला र पुरूष दुबैमा लागु हुन्छ । पुरूषको तुलनामा सार्वजनिक व्यक्तित्वबारे यौनजन्य सपना महिलाले दोब्बर बढी देख्छन् भने पुरूषले एकभन्दा धेरै यौनसाथीबारे सपना देख्ने गर्छन् । चिन्ता सम्बन्धी सपना पनि उत्तिकै देखिन्छ ।क्यानेडाली विश्वविद्यालयका विद्यार्थी सहभागी एक अध्ययनमा यौनबाहेक, उनीहरूले सामान्यतया पढाइ, लड्ने, लखेट्ने र ढिला गरी कतै पुग्ने सपना देख्ने गरेको पत्ता लागेको छ ।सपनाले साझा विशेषता प्रस्तुत गर्ने भए पनि, समय र सँस्कृति अनुसार फरक पनि पर्छ । श्यामश्वेत टेलिभिजन हेरेर हुर्किएका मानिसले सपना पनि श्यामश्वेत नै देख्ने सम्भावना बढी हुन्छ ।सन् १९५८ मा गरिएको एक अध्ययनले थुनिएको, प्रिय व्यक्ति गुमाएको, पैसा भेटेको, अनुपयुक्त पहिरन लगाएको वा नग्न भएको, वा कुनै पागल व्यक्तिलाई भेटेको सपना जापानीको तुलनामा अमेरिकीले धेरै देख्ने गरेको पत्ता लगाएको थियो । जापानीहरू विद्यालय, बारम्बार एउटै काम गरेको, डरले पक्षपात भएको, वा ‘हिंस्रक, जंगली जनावर’ बारे बढी सपना देख्ने गर्छन् ।
मानवीय सपनाहरू बेरङ लागे पनि, ध्यान दिनुहोस् – नकारात्मक सपनाले सकारात्मक प्रभाव पनि पार्न सक्छन् । फ्रान्सको चिकित्सा अध्ययनको प्रवेश परीक्षा दिइरहेका विद्यार्थीहरूको एउटा अध्ययनमा ६० प्रतिशतले परीक्षा अघि समस्या भएको सपना देखेका थिए ।उनीहरूले परीक्षामा ढिलो पुगेको वा कुनै प्रश्नको उत्तर नलेखेको सपना देखेका थिए । तर नराम्रो सपना देखेकाहरूले पनि सपना नदेख्नेभन्दा राम्रो नतिजा ल्याएका थिए ।त्यसैले अर्काे पटक तपाईंले शिक्षा सम्बन्धी यौन अनुभवजन्य सपनामा लडेको वा लखेटिएको देखे, चिन्ता नगर्नुहोस् । त्यसको सम्भवतः कुनै अर्थ छैन ।तपाईंलाई तयार बनाउन मष्तिष्कले पूर्वाभ्यास गरिरहेको हुनसक्छ । त्यस्ता केही घटना भइहाले कसरी प्रतिक्रिया दिने भनेर ती सपनाहरूले तपाईंलाई तयार बनाइरहेको हुनसक्छ ।
…मानव मस्तिष्क र पशुपक्षीको मस्तिष्कबीच यो फरक छ, पशुपक्षीले सपना देखेको थाहै पाउँदैनन्, वा निद्रा खुलेपछि सपना नै पूर्ण रूपमा बिर्सिहाल्छन् । त्यसैले उनीहरूमा सपनाको प्रभाव पनि शून्य हुन्छ ।विपनामा पनि मानिसबाहेकका अन्य प्राणीलाई परिचित शत्रुहरूको आकृति, खतराको संकेत, शत्रुहरूका केही व्यवहारको ज्ञान र वर्तमान मौसमबारे थोरै ज्ञान हुन्छ, यसबाहेक खासै ज्ञान हुँदैन ।
मस्तिष्कको विकसित स्वरुप, प्रयोग र सपनाको प्रकारमा आनुपातिक सम्बन्ध हुने अवस्था पनि धेरै हुन्छन् । मानव मस्तिष्क सर्वश्रेष्ठ भएकाले स्वभावैले सपना पनि हामीले बढी देख्छौं, अनि त्यसबाट प्रभावित पनि बढी नै हुन्छौं ।हामीले हाम्रो जीवनको एकतिहाइ काल सुतेर बिताउँछौं । हाम्रो हरेक रातको औसत दुई घन्टा सपनामा बित्छ । धेरैजसो सपना त हामीलाई यादै हुँदैन, करिब चार प्रतिशत जतिमात्र आंशिक या पूर्णरुपले याद हुन्छ ।सपना देखेको पाँच मिनेटमा ५० प्रतिशत र १० मिनेटभित्र ९० प्रतिशत सपना बिर्सन पुगिन्छ । प्रायः सपना २० मिनेटभित्र सकिन्छन् र हरेक मान्छेले दिनमा तीनदेखि सात वटासम्म सपना देख्छ । घुरेका बेला भने सपना देखिँदैन ।सपनाले भोगाई र अनुभवसँग पनि सम्बन्ध राख्छ । त्यसैले बालकले कम सपना देख्छन् । बालक सबैजसो सपना खेल तथा खानासम्बन्धी हुन्छन् । बालकहरूमा डर बढी हुने भएकाले डरलाग्दा सपना पनि देख्छन् ।हामीलाई सपनामा देखिने शब्द, दृश्य, घटना आदिको अर्थ झन्डै पूरै थाहा हुन्छ, भलै सपनाको परिणाम हुने नहुने, सुल्टो पर्ने उल्टो पर्ने, आंशिक हुने पूर्णरुपले हुने कुरा कुनै रुपले पुष्टि गर्न नसकियोस् । अर्थै थाहा नभए पनि हाम्रो मस्तिष्कले के होला भनी तर्क गर्छ ।यिनै अर्थ लाग्ने र तर्कना आउने जस्ता कुराले हाम्रा संवेगलाई गहिरो प्रभाव पार्छन् । त्यही प्रभावको आधारमा हामीले सपनाहरू आंशिक वा पूर्ण रूपले सम्झन्छौँ । अनि सपनाको अर्थ के होला भनी घोत्लिन्छौँ । कुनै कुराको अर्थ बुझ्नु, नबुझे तर्क गर्नु, बुझ्ने प्रयास गर्नु र अन्ततोगत्वा बुझिछाड्नु नै मान्छे यतिबिघ्न विकसित हुनुको मूल कारण हो ।
अचम्म–अचम्मका सपना हामी सबैले देखेकै हुनुपर्छ । आजका दिनसम्म सपनाको ठोस विज्ञान, सपनाको सही अर्थ लगाउने विधि पत्ता लागिसकेको छैन । यद्यपि सपनाबारे विभिन्न पुस्तक लेखिएका छन कि खोज जारी छ ।