काठमाण्डौ – श्री एअरलाइन्सले दशैँ तिहार तथा छठ पर्वको अवसरमा ज्येष्ठ नागरिकका लागि विशेष छुटको व्यवस्था गरेको छ । श्री एअरलाइन्सले असोज १२ गते घटस्थापनादेखि आन्तरिक उडानमा ८५ वर्ष पुगेका नेपाली नागरिकलाई पाँच सय रुपैयाँमा हवाई यात्रा गराउने जानकारी दिएको छ । एअरलाइन्सले बाँकी हजाई भाडा तथा इन्धन शुल्कमा छुट दिने बताएको छ । त्यस्तै एअरलाइन्सले सरकारले घोषणा गरेअनुसार ७५ वर्षमाथिका नेपाली नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने बताएको छ । छुट प्राप्त गर्न यात्रा व्यक्तिले उमेर खुल्ने सक्कल नागरिकता वा आधिकारिक परिचय पत्र पेश गर्नुपर्नेछ ।