देवचुली,माधब सुबेदी
२०७५ सालमा स्थापना भएको हाम्रो प्रयास फाउन्डेशनले स्थापनाकाल देखि नै कुलतमा लागेका युवाहरुको लागि उनिहरुलाई त्येस कुलतबाट निकाल्ने काम गर्दै आएको छ । लागुपदार्थ प्रयोगकर्ताहरुलाई लागुपदार्थ मुक्त बनाई समाजमा पुर्न स्थापित गर्ने र सुइ द्धारा सर्ने रगतजन्य रोगहरुको बारेमा जनचेतना फैलाउने तथा निर्मुल गर्ने उदेश्यले उपचार केन्द्र स्थापना गरिएको हाम्रो प्रयास फाउन्डेशनलका बोर्डे मेम्बर सौरब खनालले ह्याप्पी टाइम्सलाई जानकारी दिनुभयो । देवचुलीको दलदले चोकबाट १ कि.मि उत्तर तर्फ नमुना बस्तिमा रहेको हाम्रो प्रयास फाउन्डेशन अर्थात लागु औसत तथा मादक पदार्थ उपचार तथा पूर्न. स्थापना केन्द्रले नि ःशुल्क खाजा , ब्यक्तिगत तथा पारिवारिक परामर्श, ब्यक्तित्व बिकासका लागि आवश्यक सम्पूर्ण कार्यक्रमहरु, सिपमुलक तातिम, प्रेषण जस्ता बिभिन्न कार्यक्रमहरु तथा अन्य सुबिधाहरु प्रदान गर्दै आएको छ।
त्यतिमात्र नभई फाउन्डेशनलका बोर्डे मेम्बर खनालका अनुसार यस ठाउँमा आउने ब्यक्तिहरुको नकरात्मक सोच, पन, ब्यवहार र मानशिक सन्तुलन उनिहरुको मनोवलले नराम्रो कामतर्फ आर्कशित र दुर्घटना बाट बच्ने गरि यहाँको भौतिक संरचना पनि उस्तै खालको रहेको बताउनुभयो भने यसमा हिडडुल गर्ने स्थान र बगैँचा रहेको छ भने खेलकुदका सामाग्रिहरु तथा खेल्ने स्थान, मनोरञ्जनका सामाग्रिहरु, कार्यालय, परामर्श तथा चिकित्सक जाँच कक्ष, शयन कक्ष,बैठक कक्ष, परिवारहरुलाई भेटघाट गर्ने स्थान, भान्छा तथा खाना खाने फराकिलो कक्ष, सबैलाई पुग्दो शौचालय तथा नुहाउने स्थान, बलियो र सुरक्षिक कम्पाउण्ड, पढाईको लागि छुट्टै पुस्तकालय, ब्यवहार परिवर्तन तथा बिभिन्न कार्यक्रम संचालन गर्नेको लागि आवश्यक फराकिलो कक्षकोठा र हाम्रो प्रयास फाउन्डेशनका कर्मचारी तथा नाईट वार्डेन सुत्ने कोठा समेत रहेको खनालले बताउनुभयो ।
यस लागुऔसत तथा मादकपदार्थ उपचार तथा पूर्न. स्थापना केन्दमा लागुऔसत, चुरो र गाँजा सेवन, लागुपर्दाथ, माधकपर्दाथ ,ट्याब्लेट, ट्रक्स, एम्पुल जस्ता शरिरलाई हानि नोक्सानी गर्ने बस्तुहरुबाट छुटकारा साथै नियन्त्रण गर्नेकाम हाम्रो प्रयास फाउन्डेशनले गर्दै आएको छ। यस फाउन्डेशनमा युवाहरुलाई मात्र राखिएको छ भने आवासिय क्षमताभनेको ३० जना मात्र रहेको छ । फाउन्डेशनले ब्यक्तिगत तथा पारिवारिक परामर्श, ब्यक्तित्व बिकासका लागि आवश्यक सम्पूर्ण कार्यक्रमहरु ,डाक्टर जाँच खाना, खाजा, खेलकुद र मनोरञ्जनको सामाग्रिहरु, कर्मचारी सेवा शुल्क तथा अन्य सम्पूर्ण खर्चहरु समाबेश गरि प्रति महिना प्रतिब्यक्ति रु १८ हजार उपचार शुल्क लिने गरेको छ भने कुनै परिवारको आर्थीक अबस्था अनुसार केहि सम्म फेरवदल गरि र्निधारण गर्ने गरेको छ । हाम्रो प्रयास फउन्डेशनका डाक्टर चन्द्र सिखर अधिकारीले लागुऔसतले मस्तिष्क,केन्द्रीय स्नायु प्रणालीमा असर पारेका हुन्छ जसमा चेतना हराउने, अंगहरुका बीच सन्तुलन र गति बिग्रने, भावशुन्य हुने, एकाग्रता नहुने, थरथराहट, अनिन्द्रा, भतिभ्रम, भ्रान्ति हुने गर्दछ भने यसले मुटुमा परिघीय रक्तनलीको विस्तार, मुटुको गति बढ्ने,घट्ने, उच्च रक्तचाप र हृदयाघात समेत हुने बताउनुभयो ।