राजधानीको दरबारमार्ग, केशरमहल, जमल, रणोद्दीप, त्रिचन्द्र कलेज, भोटाहिटी, वीर अस्पताल, जुद्ध सालिक, न्युरोड, नागस्थान, थापाथली, त्रिपुरेश्वर, कोटेश्वर, बानेश्वर पानीट्यांकी, नयाँ बसपार्क, माइतीघर, सिंहदरबार, पुतलीसडक, कुपन्डोल, पुल्चोक, कालीमाटी, महाराजगन्ज, गौशाला, बीएन्डबी हस्पिटलअगाडि, कलंकीलगायत २५ स्थानमा ठाउँमा स्वयंसेवक रहनेछन् । एक ठाउँमा २० जनाका दरले स्वयंसेक खटाइएको छ ।
१४ ठाउँमा नागरिक सहायता कक्ष
यो अभियानअनुरूप नै अलपत्र परेका यात्रुलाई सहायता कक्षमा रहेर सहयोग पुर्याइने ट्राफिक महाशाखाले जनाएको छ ।
त्यसका लागि उपभोक्ता संरक्षण समिति, यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीको सहकार्यमा उपत्यकाका १४ स्थानमा नागरिक सहायता कक्ष सञ्चालन गर्ने तयारी भइरहेको छ । उपत्यकाको नागढुंगा, कलंकी, स्वयम्भू हलचोक, नयाँ बसपार्क, माछापोखरी, पुरानो बसपार्क, सुन्धारा, चाबहिललगायत स्थानमा नागरिक सहायता कक्ष राख्न लागिएको हो ।