देवचुली, माधब सुबेदी
देवचुली नगरपालिका वडा नं ४ मा वडाध्यक्ष कप नकाउट भलिबल प्रतियोगिता आईतबार सम्पन्न भएको छ । कृयटिभ युवा सञ्जालको आयोजनामा वडाध्यक्ष कप खुल्ला नकाउट भलिवल प्रतियोगिता गरिएको थियो । कार्यक्रमको अध्यक्षता कृयटिभ युवा सञ्जालका अध्यक्ष अर्जुन थापा दराईले गर्नुभएको थियो भने प्रमुख अतिथीको रुपमा देवचुली नगरपालिका नगर प्रमुख पूर्ण कुमार श्रेष्ठ रहनुभएको थियो
। त्यस्तै बिशेष अतिथीको रुपमा देवचुली वडा नं ४का वडाध्यक्ष गिर बहादुर थापा क्षेत्री, अमर ज्योति समुदायीक वन उपभोक्ता समुह अध्यक्ष टुकलाल रुचाल रहनुभएको थियो भने वडा नं १ देखि १७का वडाध्यक्षहरुको पनि उपस्थिती रहेको थियो ।
कार्यक्रममा कृयटिभ युवा सञ्जालका उपाध्यक्ष नेत्र बहादुर रुचालले स्वागत मन्तब्य दिनुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी श्रेष्ठले खेलहरु मध्ये भलिबल पनि एक स्वास्थ्यको लागि महत्वपुर्ण खेल रहेको बताउदै यस कृयटिभ युवा सञ्जालले स्थापना भएको केहि समय नबित्दै यसले एक समाजमा लुकेर
बसेका प्रतिभाहरुलाई सबैको सामु देखाउने मात्र नभई आगामि दिनहरुमा पनि समाजमा भएका नराम्रा गतिबिधिहरुलाई पनि हटाउनेछ भन्दै देवचुली नगरपालिकाले पनि साथ दिने प्रतिबद्धता दिनुभएको थियो । आज भएकोे वडाध्यक्ष कप नकाउट भलिबल प्रतियोगिताको फाईनल खेलमा प्रथम जिएम समाज कावासोती टिम, द्धित्तियमा रोजिना सुनचाँदी पसल रजहर,तृत्तियमा देउराली मगर समाज बिशालटार र मिनीभ्याली खेलकुद समिति देवचुली ४ शान्तिगैरा पुग्नसफल भएको छ
भने प्रथम हुने खेलाडी टिमलाई नगद रु २५ हजार मेडल,ट्रफी,प्रमाणपत्र , दोस्रो हुनेलाई १५ हजार मेडल,ट्रफी,प्रमाणपत्र, सान्तोना हुने दुबै खेलाडिहरुलाई ५,५ हजार र मेडल ,ट्रफी ,प्रमाणपत्र प्रदान गरिएको थियो ।