देवचुली,माधब सुबेदी
सकलादेवी सामाजिक उद्योमी महिला सहकारी संस्थाको ९ औँ साधरणसभा सेतीदेवी मन्दिर कदमपुरमा सम्पन्न भएको छ । कार्यक्रममा अध्यक्षता सकलादेवी सामाजिक उद्योमी महिला सहकारी संस्थाकी अध्यक्ष इन्दिरा वाग्ले रहनुभएको थियो भने प्रमुख आतिथ्तयता देवचुली नगरपालिकाका नगर प्रमुख पूर्ण कुमार श्रेष्ठले गर्नुभएको थियो । त्यस्तै बिशिष्ठ अतिथीको रुपमा हेफर इन्टरनेशनल नेपालका बजार प्रबन्धक प्रेम स्यामवयु, जिल्ला सामाजिक उद्यमी संघका अध्यक्ष गौरी सिग्देल रहनुभएको थियो भने विशेष अतिथीको रुपमा देवचुली वडा नं ३ का वडाध्यक्ष गोपाल राज शर्मा लम्साल, समाजसेवी, बुद्धिजिवी, बिशिष्ठ ब्यक्ति लगाएतको उपस्थिती रहेको थियो ।
हेफर ईन्टरनेशनल नेपालको आर्थिक सहयोगमा निर्माण गरिएको सकलादेवी सामाजिक उद्योमी महिला सहकारी संस्था २०६७ सालमा डिभिजन सहकारी कार्यालयमा दर्ता गराई स्थापना भएको थियो । स्थापनाकालमा ५ रुपँैया रकमबाट सुरुवात भएको यस सकलादेवी सामाजिक उद्योमी महिला सहकारी संस्थाले अन्य सहकारी संस्थाले जस्तै नियमित बचत साथै ब्यवसाय विकास र उत्पादनका लागि ऋण लगानी गर्दै यस क्षेत्रका किसानहरुलाई शहुलीयत दरमा रासायनिक मल बिक्रि, चापट बिक्रि गरेको छ । साथै देवचुली नगरपालिका ,सामुदायिक, विकास मञ्च र हेफर इन्टरनेशनलको सहयोगमा अझै थप बिस्तारको लागि यस बर्ष देखि शेयर सदस्य किसानहरुको घरमा भएका पशुहरुबाट निस्कने दुधहरु संकलन गरि त्यसको बिक्रि र चिस्यान केन्द्रको स्थापना गरि सबैलाई सेवा सुविधा समेत प्रदान गर्दै आएको थियो ।
त्यस्तै सहकारीका कार्यक्षेत्रमा भएका दुधालु गाई १०७ वटा र १६३ वटा भैँसीको तथ्यांक संकलन गरि सहकारी मार्फत डेरी सञ्चालनको सभ्यबता अध्यन बाट नै चालु आर्थिक बर्षको १ गते दुध डेरी संचालनमा ल्याएको थियो । सकलादेवी सामाजिक उद्योमी महिला सहकारी संस्थाले देवचुली नगरपालिका वडा नं १, २, ३, ४ र ५ वडाहरुमा भएका २५ वटा समुहका महिला दिदी बहिनीहरु संगठित गरेको थिए ।
कलादेवी सामाजिक उद्योमी महिला सहकारी संस्थाले शेयर सदस्यहरुको स सानो बचत संकलन र सामान्य अप्ठ्यारो टार्ने खालको ऋणको ब्यवस्था गर्ने कार्यलाई यस बर्ष पनि निरन्तरता दिने भएको छ भने अझै थप कार्यसुविधाहरु विस्तार गरि शेयर सदस्यहरुलाई सेवा सुविधा प्रदान गर्ने भएको संस्थाका अध्यक्षले बताउनुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी श्रेष्ठले देवचुली नगरपालिकामा सेवासुविधा दिने धेरै साकोसहरु मध्य पनि सकलादेवी सामाजिक उद्योमी महिला सहकारी संस्था रहेको तर अरुभन्दा फरक र भिन्न भएको सबैलाई बचत गरेर आफनो जिविकोपार्जन गर्ने सिकाउने र समाजमा भएका राम्रा नराम्रा कुराहरुलाई एकबद्ध रुपमा मिलेर
त्यसको समाधान गर्नेकाम यस संस्थाले गरेको छ भने ५ रुपैँया बाट सुरु भएको यस संस्थाले धेरै राम्रा कामहरु गरेको र सबैलाई सेवा सुबिधा समेत प्रदान गरेको बताउदै आगामी दिनहरुमा यस संस्थालाई अगाडि बढाउन नगरपालिकाले गर्ने सक्ने सहयोग गर्ने बताउदै नयाँ कार्य समितिहरुलाई शुभकामना दिनुभएको थियो । कार्यक्रमको सहजीकरण सकलादेवी सामाजिक उद्योमी महिला सहकारी संस्थाकी सचिव विष्णु तिवारी लम्सालले गर्नुभएको थियो ।