देवचुली,
थारु जातीलाई राज्यमा सुनिश्चत रुपले अगाडि लैजानुपर्नेमा नेपाली कांग्रेसका महामन्त्री डा शसाकं कोइरालाले बताउनुभएको छ । जितिया पर्वलाई जीवित गराउनको लागि राज्यमा सुनिश्चतता हुनुपर्ने र राष्ट्रमा थारुहरुलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रममा थारु महिला सभा देवचुलीका कार्यसमितिका अध्यक्ष तनुजा मह्तो चौधरी अध्यक्ष रहनुभएको थियो भने प्रमुख अतिथीका रुपमा नेपाली कांग्रेसका महामन्त्री डा शसांक कोइरालाले रहनुभएको थियो ।
देवचुली नगरपालिकामा पहिलो पटक जितिया कार्यक्रम गरिएको थियो । थारु कल्याणकारीणी सभा तथा थारु महिला सभा देवचुलीको आयोजनामा शुक्रबार कार्यक्रमको आयोजना गरि प्रथम जितिया पर्व मनाइएको छ । कार्यक्रममा थारु महिलाहरुको लागि जखडी प्रतियोगिता पनि गरिएको थियो । प्रतियोगितामा २५ थारु महिला समुहहरुको सहभागिता रहेको थियो । महिलाहरुको वेदना, बालविवाह, बेचविखन जस्ता बिषयमा सहभागिहरुले प्रस्तुति दिएका थिए। प्रतियोगितामा जनचेतना आमा समुह टरुवा पहिलो, लोठा विहान आमा समुह छिपेनी दोस्रो, पिप्रहर आमा समुह पिप्रहर तेस्रो, मिलिजुली आमा समुह गदुवा र बालकुमारी आमा समुह कुसनहरी सानतोना हुन सफल भएका छन् । यस्तै प्रथम हुने समुहलाई रु १२ हजार र प्रमाण पत्र, दोस्रो हुने समुहलाई रु ८ हजार प्रमाण पत्र, तेस्रो हुनेलाई रु ५ हजार प्रमाण पत्र र सानतोना हुनेलाई रु २ हजार र प्रमाण पत्र सम्मान गरिएको थियो ।
यस्तै कार्यक्रममा राष्ट्रिय कलाकार अनु चौधरी र आवद्श महतोको थारु गीतमा बेजोड प्रस्तुती रहेको थियो । भने विभिन्न नृत्य र संगित प्रस्तुती गरिएको थियो जस्मा दर्शकहरु रमेका थिए ।
यस्तै कार्यक्रमको समापनमा गर्दै थारु महिला सभा देवचुलीका कार्यसमितिका अध्यक्षले महिलाहरुको महानपर्व हरितालिकाको तिज जस्तै थारुहरुले मनाउने एउटा महान पर्व रहेको र आफनो धर्म संस्कृति जोगाउन र जर्गेना गर्नको लागि जितिया पर्व मनाउने धार्मिक मह्त्व रहेको र यसलाई अबको दिनमा निरन्तरता दिदैँ जानेमा प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
यस्तै कार्यक्रममा देवचुली नगरपालिकाका नगर प्रमुख पूर्ण कुमार श्रेष्ठ, प्रगतिनगर खानीपानी तथा सरसफाई उपभोतmा समितिका अध्यक्ष, थारु कल्याणीकारणी सभा सदस्य, जनप्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।