देवचुली
मंगलबार बेलुका असिना पानी सहित आएको हावाहुरीले देवचुली नगरपालिकामा झन्डै २०० भन्दा बढी घरमा क्षती पुर्याएको छ | हावाहुरी र असिना पानी सँगै आउँदा जनजीवन कष्टकर बनेको हो | हावाहुरीले घरको छाना,पर्खाल,गोठ,बिजुलीको पोल र कुखुरा,बाख्रा फर्ममा समेत क्षती पुगेको छ| हावाहुरीले सबैभन्दा बढी देवचुली ७ मा असर गरेको छ |बुधबार बिहान ५:३० बजेबाट नगरपालिकाका नगरप्रमुख,उपप्रमुख,प्रमुख प्रशासकीय अधिकृत,वडा अध्यक्ष,वडा सदस्य,सुरक्षाकर्मी र सञ्चारकर्मीको संयुक्त उपस्थितिमा गरिएको निरीक्षणले देवचुली ७ मा सबैभन्दा बढी क्षती भएको देखिएको छ |

देवचुली ७ को सिताबास क्षेत्रमा करिव १०० भन्दा बढी घरमा क्षती पुगेको छ | जसमध्ये करिव १५ घरमा पूर्ण क्षती भएको छ भने १० भन्दा बढी बिजुलीको पोल बाटोमा ढलेको छ | यसैगरी वडा नाम ६ मा करिव १५ घरमा क्षती पुगेको छ| देवचुली ६ को क्रितिपुरमा १ घरको पर्खाल ढलेको छ भने मुण्डेमा घरको ट्रस समेत हावाले उडाएको छ | देवचुली ८ मा करिव १५ घर प्रभावित र २ ओटा बिजुलीको पोल ढलेको छ | यस्तै देवचुली ९ मा वडाध्यक्ष मेख बहादुर सारुको गोदामको छानो सँगै ३५ घरमा क्षती र १ बिजुलीको पोल ढलेको छ | यस्तै वडा नाम ११ मा २० घर र २ बिजुलीको पोल ढलेको छ |


देवचुली ११ धारापानीको एक खाजा घरको छाना उडाउँदा आभानी मिडिया प्रा.लि.का अध्यक्ष डिल्लीराम कडरियाको मोटरसाइकलमा क्षती पुगेको छ | यसैगरी देवचुली १४ मा पनि हावाहुरीले आंशिक क्षती पुर्याएको छ | साथै देवचुली १६ मा चट्याङले ५ वटा घरको वायरिंग जलेको छ जसमध्ये १ घरमा अत्याधिक प्रभाव परेको छ |हावाहुरीले विध्यालयहरुको पनि छाना उडाएको छ | देवचुली ७ को भीमसेन माध्यमिक विध्यालय,देवचुली ७ कै साबिक देवचुली आधारभूत विध्यालय(हाल भीमसेनमा गाभिएको),देवचुली ९ को मनकामना प्राथमिक विध्यालय,मिलिजुली प्राथमिक बिध्यालयमा पनि हावाहुरीका कारण क्षती पुगेको छ |
हावाहुरीको निरीक्षण पछी ह्याप्पी टाइम्सलाई संक्षिप्त अन्तर्वार्ता दिँदै देवचुली नगरपालिकाका नगरप्रमुख पूर्णकुमार श्रेष्ठले प्रत्येक वडामा प्राविधिक टोलि खटाई क्षतीको पुरा विवरण लिई प्रदेश र केन्द्रलाई जानकारी गराई राहत उपलब्ध गराउने बताउनु भयो | यसै गरि मंगलबार राती नै प्रभावित क्षेत्रमा पुग्नुभएका नगर उपप्रमुख पार्वता तिवारीले दैविप्रकोप अकस्मात आउने भएकाले संयम हुन आग्रह गर्दै बिपत व्यवस्थापन समितिको बैठक बसी चाँडो भन्दा चाँडो राहत दिने बताउनु भयो | देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद भुसालले क्षती भएका घरको विवरण यथार्थ निकाली तत्काल सहयोग गर्नुपर्ने घरलाई काम सुरु गरिने बताउनुभयो |
हावाहुरीका कारण देवचुली नगरपालिकामा बिधुत र खानेपानीमा समेत समस्या देखिएको छ | बाटोभरी बिजुलीको पोल ढलेकाले बिधुत प्राधिकरणको प्राविधिक टोलिले अनुगमन गरेपछि मात्रै बिधुत सुचारु हुनेछ भने प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष खिमानन्द भुसालका अनुसार खानेपानीको सिताबासमा रहेको ट्यांकीको बिजुलीको पोल ढलेकाले केहि घण्टा मात्रै खानेपानी वितरण गरिने र बिहिबार बेलुकाबाट मात्रै पूर्ण सुचारु हुने बताउनु भयो |















