देवचुली,माधब सुबेदी
देवचुली नगरपालिकामा विशेष गरी गाई, भैँसी, बाख्रा, सुँगुर नै यहाँका मुख्य घरपालुवा जनावर हुन् । यसबाट नगरबासीहरूको जीविकोपार्जनमा सुधार भैरहेको छ । पशुजन्य उत्पादनहरू जस्तै, दुध, दही, घिउ तथा मासुका लागि कुखुरा, बंगुर, खसी, बोकाहरूको बिक्रीबाट आम्दानी बढेको देखिन्छ ।
यहाँ डेरी उद्योग, व्यापारिक फार्म, गाई, भैसी, कुखुरा फार्महरू लगायतका कृषिजन्य उद्योगहरू रहेका छन् । त्यस्तै भेटेनरी सेवा समेत नगरपालिकामा उपलब्ध रहेको छ । पशुपंक्षीपालन क्षेत्रले देशको कुल गार्हस्थ्य उत्पादनमा करिब ११५ र कुल कृषि गार्हस्थ्य उत्पादनमा २९३७५ योगदान गर्दै आएको सन्दर्भमा यस क्षेत्रको विशेष आर्थिक महत्व रहेको छ । देवचुली नगरपालिका वडा कार्यालयहरु मध्य वडा नं १२ मा हेर्ने हो भने कुल ६०५ घरपरिवार मध्य पशुपंक्षी पाल्ने घरपरिवारको संख्या २२४ अर्थात् ५५=२५ प्रतिशत र पशुपंक्षी नपाल्ने घरपरिवारको संख्या २७१ अर्थात् ४१=८५ रहेको छ । यसबाट उल्लेख्य संख्यामा घरपरिवारले पशुपंक्षी पाल्ने गरेको तथ्य तथ्याङ्कबाट स्पष्ट हुन्छ ।
यसमध्य पनि वडा नं १२ मा विभिन्न पशुपंक्षी पाल्ने कृषकहरूका आधारमा घरपरिवारको विवरण हेर्ने हो भने गाई, गोरु पाल्ने २३ जना, भैसी,राँगा पाल्ने १९२ जना, भेडा,बाख्रा,चेङग्रा पाल्ने १९७ जना, बुंगुर पाल्ने ११ जना, हास, कुखुरा पाल्ने ८३ जना रहेका छन । यस वडा नं १२ मा पशुपंक्षी पालन व्यवसायलाई आधुनिकीकरण गरी पशुपंक्षी पाल्न सकिने सम्भावना रहेको हुनाले त्यसका लागि पशुपंक्षी पालक कृषकहरूलाई प्रोत्साहन गरी प्राविधिक ज्ञान बजारीकरणको व्यवस्था तथा सहुलियतपूर्ण ऋण र पशुपंक्षी विमालाई प्रभावकारी ढंगले लागु गर्न सके स्थानीय अर्थतन्त्रमा टेवा पुग्नुका साथै रोजगारीका अवसरहरू वृद्धि हुने वडा नं १२ का वडाध्यक्ष दिनानाथ भुसालले जानकारी दिनुभयो ।यस देवचुली वडा नं १२ मा पशुपंक्षी पालन व्यवसायलाई आधुनिकीकरण गरी पशुपंक्षी पाल्न सकिने सम्भावना भएको हुनाले त्यसका लागि वडा नं १२ ले आ।व ०७६र७७ को लागि वडागत बजेट बाट ३ लाख रुपैया प्राप्त भएको दिनानाथ भुसालले जानकारी दिनुभयो ।
भुसालका अनुसार पशुपालन वा सिचाईका लागि पानी महत्वपुर्ण रहेको बातउदै गतबर्ष ३ वटा बोरिङ र ४ वटा नहर बनाई केहिमात्रमा सहज पुगेको थियो भने अब आ।व ०७६र७७ मा पनि थप विस्तारको लागि २ वटा बोरिङ, ६ वटा नहर बनाउने योजनामा रहेको बताए । त्यस्तै गरि वडा नं १२ लक्ष्मीपुर निवासी लोक प्रसाद भुसाल र सुदन पौडेलले सहकार्यमा जग्गा भाडामा लिएर वरचुली कृर्षि फर्म खोलेका छन् । उनिहरुले २ महिनादेखि सुरुवात गरेका हुन अहिले ६० वटा खरि जातका बाख्रा पाल्दै आएका छन् । यतिमात्र नभई सहकार्यमा सुरुगरेका भुसाल र पौडेलले १३ लाख रुपैया खर्च लागेको बताउछन् । भुसालका अनुसार फर्म खोल्नु भन्दा अगाबै यस सम्बन्धी जानकारीको लागि विभिन्न ठाउँमा रहेको बाख्रा फर्महरुमा गई त्येस सम्बन्धी उनिहरुलाई चाहिने खाद्यान्न, घाँस, कुढो लगएतका सानेकुराहरुको अवलोकन गरि सुरु गरिएको बताए भने पौडेलका अनुसार सामाजिक सेवा र खाडिमुलुकमा गएको नेपाली दाजुभाईहरुको लागि नेपालमानै केहि गर्न सकिन्छ भन्ने उदेश्यले फर्म खोलिएको बताए । पशुपंक्षी पालक कृषकहरूलाई प्रोत्साहन गरी प्राविधिक ज्ञान, बजारको व्यवस्था तथा सहुलियतपूर्ण ऋण र पशुपंक्षी विमालाई प्रभावकारी ढंगले लागू गर्न सके स्थानीय अर्थतन्त्रमा टेवा पुग्नुका साथै रोजगारीका अवसरहरू वृद्धि हुने वडाध्यक्ष भुसालले बताए ।
पशुपंक्षीको तुलनामा यस वडा मा भैसी र बाख्राको पालन तुलनात्मक रूपमा सहज र राम्रो आम्दानी दिने भएकोले तथ्याङ्कमा बढी देखिएको हो । यद्यपि तथ्याङ्कलाई हेर्दा नगण्य संख्यामा बाहेक सबै प्रकारका पशुपंक्षीहरूको ठूलो परिमाणमा व्यवसायिक उत्पादन भएको देखिँदैन । यसले निर्वाहमूखी पशुपंक्षीपालनको नै निरन्तरता देखाउँने गरिएको हो । त्यस्तै गरि देवचुली १२ लक्ष्मीपुर निवासी टिकाराम बस्याल ५ बर्ष बैदेशीक रोजगारमा रहेका थिए बैदेशीक रोजगारबाट आएपछि उनले विगत लामो समयदेखि भैसी पालन गर्दै आएका छन् । टिकारामले भैसी पालन पेशा पूखौली पेशा रहेको र विगत ४ बर्ष देखि आफैले सम्हाल्दै आएको बताए । बाउबाजेले पहिलादेखिनै यो पेशा गर्दै आएको टिकाराम बताउछन् भने हरेक नेपालीले कृषि पेशा सम्हाली अगाडि बढ्न सकेमा राम्रो हुने बताए । खाडिमुलुकमा गएर आफनो पसिना बेच्नुभन्दा आफनै स्वदेशको कृषि पेशामा लागि काम गरेमा कृषि पेशाले माथि लैजाने साथै आफनो आर्थीक विकास र देशलाई समृद्धिको बाटो तिर लैजाने भएकोले भैसी पालन तर्फ ध्यान दिएको समेत बताए ।
दिनहु ३६ वटा भैसीले १५० लिटर दुध दिने गरेको छ भने एउटा भैसीबाट दिनको १५० रुपैया नाफा हुन्छ र सबै भैसीबाट दिनको ३००० नाफा हुने बताए । उनका अनुसार खालि बसेका युवाहरुका लागि सुझाव समेत दिए भने उनले कुनै एक ब्यक्तिले १० वटा भैसी पालेर मार्षिक आम्दानि गर्ने हो भने ७० देखि ८० हजार सम्म कमाउने सक्छन जस्ता उदाहरण दिए । टिकारामले अहिले ९ वटा बकेर्नौ र १३ वटा लैनो भैसी, पाडापाडी पनि रहेको छ उनले बैदेशीक रोजगारमागएका युवायुवतीहरुलाई आफनो देश कृषि प्रदान देश रहेको र बाहिर सिकेर आएको सिपहरुलाई नेपालमा नै केहि गर्ने सके आर्थीक, सामाजिक र भौतिक क्षेत्रमा राम्रो हुने बताए ।