देवचुली,
डेंगु रोग नियन्त्रणका लागि देवचुली १३ मा रहेको मुनलाइट आदर्श पब्लिक एकेडेमीले सोमबार र्याली गरि जनचेतना कार्यक्रम सम्पन्न गरेको छ । र्यालीमा कक्षा ६, ७, ८ र ९ का विधार्थीहरुलाई सहभागिता गराईएको थियो ।
पछिल्लो समय डेंगु रोग देशभरि महामारीको रुपमा फैलिएकाले समाज, टोल, विधालयका व्यतिmहरुलाई डेंगु रोगको बारेमा जनचेतना फैलाउने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको विधलायका सह प्रध्यानध्यापक ऋषि धितालले बताउनुभयो ।
कार्यक्रममा विधार्थीहरुले डेंगु रोगले लिन्छ ज्यान, घरवारिपरि सफा राखौँ, डेंगुबाट बच्यौँ, झुल्को प्रयोग गरौँ, टोल छेउछाउमा पानी जम्न नदिउ, घर आसपास लामखुट्टेले फुल पार्ने ठाँउ नष्ट पारौँ जस्ता नाराका साथ पम्लेट कार्डको प्रयोग गरेका थिए ।
त्यतिमात्र नभई यो रोगबाट बच्नका लागि मुख्यतया लामखुट्टेको टोकाइबाट जगिनु पर्ने यसका लागि पुरा शरीर ढाकिने कपडा लागाउनुपर्ने, घर वरपर वा खेतबारीमा सफा राख्नुपर्ने, बिशेष गरि सवारी साधानका टायर, गमला लगायतका भाडामा पानी जम्न नदिने, घरको झयाल ढोका बन्द राख्नुपर्ने जस्ता कुरामा ध्यान दिन सके डेंगु रोग नियन्त्रण गर्न सकिने बिषयमा नारा लगाएका थिए ।
र्याली बिहान ११ बजे देखि देवचुली १२ मा रहेको कैलाश टोल हुदैँ दलदले चोक बाट देवचुली साहारा चोकको पेट्रोल पम्ममा पुगी सम्पन्न गरिएको थियो । र्यालीमा करिब १ सय भन्दा बढि विधार्थीहरुको सहभागिता रहेको थियो ।