देवचुली,
“सुनिश्चित बाल अधिकार : समुद्ध नेपालको आधार ” भन्ने मुल नाराका साथ आज राष्ट्रिय बाल दिवस २०७६ को अवसरमा देवचुली नगरपालिकाले एक कार्यक्रम गरि मनाएको छ । देवचुली नगरपालिका नेपालको दास्रो र गण्डकी प्रदेशको पहिलो बालमैत्री घोषणा भएको १ वर्ष पूरा भएको छ । एक बर्ष पूरा गरेको अवसरमा देवचुली नगरपालिकाले समीक्षा गोष्ठीको आयोजना गरेको थियो । गोष्ठीमा बोल्दै यस नगरपालिकालाई बालमैत्री घोषणा गरिसकेपछि पनि बालबालिकाको हक र अधिकार सम्बन्धी अझै पनि सोचे अनुरुपको उपलब्धी नभएको देवचुली नगरपालिकाका बालमैत्री परामर्शादाता खिमानन्द भुसालले बताउनुभयो ।
यस्तै देवचुली नगरपालिका बाल मैत्री घोषण पश्चात बालबालिकाको भौतिक विकास, शैक्षिक विकास, बाल संरक्षण, बाल सहभागितामा वृद्धि भएको पाईएको बाल मैत्री परामर्शादाता नारायण प्रसाद पौडेलले बताउनुभयो ।
पहिले किशोरीहरु कुनै पनि कार्यक्रममा सहभागिता नहुने जब नगरपालिका बाल मैत्री घोषण भयो त्यस पछि किशोरीहरुमा पनि परिवर्तन आएको किशोरीहरु आफना समस्या खुलेर सबैको माझ राख्न सक्ने भएको कार्यक्रममा उपस्थित नगर स्तरीय बाल संजालकी उपाध्यक्ष आस्था अनिर्जित बास्ताकोटीले बताएकी थिईन् ।
अहिले आवश्यकता भनेको बालबालिकालाई कसरी गुण्स्तरीय शिक्षा दिईने, उनीहरुको मनोबल कसरी बुझने, उनीहरुलाई के कुरा सहि के कुरा गलत भन्ने बिषयमा उनीहरुलाई बुझने समय आएको कार्यक्रममा उपस्थित सरोकारवालले बताएका थिए ।
कार्यक्रम देवचुली नगरपालिकाका नगर प्रमुख पूर्ण कुमार श्रेष्ठको अध्यक्षतामा गरिएको थियो भने कार्यक्रममा देवचुली नगरपालिका नगर उप प्रमुख पार्वता तिवारी, प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद भुसाल, देवचुली नगरपालिकाका बाल मैत्री परामर्शा दाता दवय खिमानन्द भुसाल, नारायण प्रसाद पौडेल, नगर स्तरीय बाल संजालकी अध्यक्ष दिपा खनाल, देवचुली नगरपालिकाका १७ वटा वडाका वडा अध्यक्ष, वडा सदस्य, जागृती बाल तथा युवा सरोकार नेपालका संरक्षक होमनाथ जैसी, अध्यक्ष तिलोत्म पौडेल, राजनितिक दलका व्यतिmत्व, बालबालिका लगायतको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको थियो ।