देवचुली,
राष्ट्रिय बाल दिवस २०७६ को अवसरमा बाल अधिकार र बाल कर्तव्यको बारेमा सचेतना कार्यक्रम देवचुली वडा नं १७ मा सम्पन्न भएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरि वडा नं १७ मा रहेको ओयसिस माध्यमिक विधालयका विधार्थीहरुलाई तालिम संचालन गरिएको थियो ।
बालबालिकाहरुले पाउनुपर्ने बाल अधिकार, बाल कर्तव्य र बालविवाहको विषयमा कक्षा ६, ७ र ८ का विधार्थीहरुलाई प्रस्ट पारिएको जागृति बाल तथा युवा सरोकार नेपाल कार्यक्रम अधिकृत सविता पंगेनीले बताउनुभयो ।
कार्यक्रममा अध्यक्षता ओयसिस बाल क्लबको अध्यक्ष दिपिका अधिकारी रहनुभएको थियो भने कार्यक्रमको प्रमुख आतिथ्तयता देवचुली नगरपालिका वडा नं १७ का वडा अध्यक्ष विष्णु प्रसाद आचार्यले गर्नुभएको थियो । यस्तै बिशोष अतिथीका रुपमा वडा नं १७ का वडा सदस्य नवकुमारी गौतम लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी रहनुभएको आर्चायले बालबालिका जन्मने बितिकै ३५ दिन भित्र जन्म दर्ता गराउनुपर्ने ,बालबालिकाले २० बर्ष नपुगी विवाह गरे बाल विवाह मुद्धा लाग्ने र बाल अधिकारको पालना गर्नुपर्ने जस्ता बिषयमा विधार्थीहरुलाई बताउदै आउदैँ गरेको बाल दिवसको शुभकामना व्यक्त गर्नुभएको थियो ।
यस्तै कार्यक्रममा विधार्थीहरुले बा भनेको बाँच्न पाउने अधिकार, स भनेको संरक्षणको अधिकार, बि भनेको विकासको अधिकार, स भनेको सहभागितको अधिकार मिलेर नै बाल अधिकार हुने सम्बन्धी प्रस्ट भएको बताएका थिए । आफुहरु सानै उमेरको भएकाले बालविवाह, बाल अधिकार, बाल कर्तव्यको बारेमा प्रस्ट तरिकाले सिक्ने मौका पाँउदा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि यस किसिमका तालिमहरु आयोजना गरे अझ धेरै कुरा सिक्ने मौका पाउने बताएका थिए ।
तालिम जागृती बाल तथा युवा सरोकार नेपालका किशोरी अभियान्ता निरुता खत्री, प्रतिमा पौडेल र स्वस्तिका भण्डारीले प्रशिक्षण दिनुभएको थियो । तालिममा ओयसिस विधालयका शिक्षकशिक्षिका, विधार्थीहरु गरि करिब ५० जनाको सहभागिता रहेको थियो ।