देवचुली,
देवचुली १७ मा रहेको चौतारी सामुदायिक वन उपभोक्ता समुहद्धारा ५ जना विपन्न परिवारलाई १/१ वटा घर हस्तान्तरण गरेको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरि विपन्न वर्गका ५ घर परिवारलाई १/१ वटा नयाँ घर बनाएर हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा अध्यक्षता चौतारी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष शेर बहादुर गुरुङ्ग रहनुभएको थियो भने प्रमुख आथ्त्यिता डिभिजन वन कार्यालय कावसोतीका प्रमुख अधिकृत पूर्णेश्वर सुवेदीले गर्नुभएको थियो । यस्तै बिशेष अतिथीका रुपमा डिभिजन वन कार्यलय साहायक अधिृकत कृष्ण देवकोटा, देवचुली बुलिङटार वन अधिकृत सम्झना अधिकारी, इलाका प्रहरी कार्यलय रजहर प्रमुख खेम तामाङ्ग, लेखा प्रमुख, निवर्तमान चौतारी सामुदायिक पदाधिकारी, झराही वन समादुयक वनका अध्यक्ष, सल्हाकार समिति, समाजसेवी लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी सुवेदीले गरिबी न्यूनिकरणमा सामुदायिक वनको ठुलो योगदान रहेको र विगतका वर्षहरुमा पनि चौतारी सामुदायिक वन उपभोक्ता समुहले विपन्न परिवारलाई घर निर्माण गरिरहेको र यो काम अति नै शराहणीय रहेकाले आगामी दिनहरुमा पनि यस्तै राम्रा कार्य गर्दै जानको लागि शुभकामना दिदैँ आफुले पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता दिनुभएको थियो ।
कार्यक्रममा देवचुली वडा नं १७ मा भएका विपन्न परिवारलाई छानबिन गरि ५ जना अति विपन्न परिवारको लागि २ लाख ७० हजार लागतको घर निर्माण गरिएको संस्थाका अध्यक्ष शेर बहादुर गुरुङ्गले ह्याप्पी टाइमसलाई बताउनुभयो । जसमध्य देवचुली १७ का प्रविन महत्तो थारु, तुलसीराम चौधरी, गोपाल वि.क, आशा माझी, राम बहादुर सारुलाई घर हस्तान्तरण गरिएको हो ।