देवचुली,
"हामी सबैको प्रण, सार्वजनिक शिक्षा प्रणालीको सवलीकरण " भन्ने मुल नाराका साथ देवचुली नगरपालिकाले ४० औँ राष्ट्रिय शिक्षा दिवस देवचुलीको साहारा पार्टी प्यालेसमा मनाएको छ । आइतबार एक कार्यक्रमका बिच देवचुली नगरपालिका भित्र भएका विभिन्न विधालयका शिक्षकशिक्षिका, विधार्थी लगायतलाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा अध्यक्षता देवचुली नगरपालिकाका नगर प्रमुख पूर्ण कुमार श्रेष्ठ रहनुभएको थियो भने देवचुली नगरपालिका उपप्रमुख पार्वता तिवारी, प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद भुसाल, शिक्षा शाखा प्रमुख राम प्रसाद शर्मा, शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख कृष्ण चन्द्र पोख्रेल, देवचुली नगरपालिका भित्र भएका विभिन्न वडाका वडा अध्यक्ष, कार्यपालिका तथा नगर सभा सदस्य, विधालय व्यवस्थापन समितिका अध्यक्ष एवम पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा बोल्दै अध्यक्षता रहनुभएको नगर प्रमुख श्रेष्ठले देवचुली नगरपालिकालाई विकास निर्माण तर्फ लैजाने सम्पूर्णलाई धन्यवाद दिदैँ देवचुली नगरपालिकाको शिक्षा क्षेत्रलाई पहिलो बनाउनको लागि सम्पूर्ण प्राचार्य, शिक्षक, अभिभावक, विधार्थीलाई संर्धष गर्न अनुरोध गर्नुभएको थियो ।
कार्यक्रममा हस्तलेखन, कविता वाचन, हस्तकला, कक्षा ८ का ३.९५ जि.पि.ए बा सो भन्दा बढी औषत जि.पि.ए हासिल गर्ने १५ जना विधार्थीहरु, २०७५ सालको एसईइ मा ३.८५ जि.पि.ए भन्दा बढी प्राप्त गर्ने १५ जना विधार्थीहरु यस्तै सिकाइ उपलब्धी राम्रो ( नव नेपाल माध्यमिक विधालय), भौगोलिक अवस्थाको आधारमा शैक्षिक स्तर बृद्धि गर्न सफल (प्रभात जनता आधारभूत) व्यवस्थित बाल उधान सहितको बैगचा (कालिका माध्यमिक ) व्यवस्थित स्कुलको बगैचा प्रयास ( कुमारवर्ती आधारभूत ) विधालयको औषत जि.पि.ए ल्याउन मह्त्वपूर्ण भूमिका निर्वाह गर्नु हुने ७ जना शिक्षकहरु, देवचुली नगरपालिका भित्र आई.एस.ए अवार्ड प्राप्त गर्ने नेपाल माध्यमिक विधालय, विश्वजयोति आदर्श माध्यमिक विधालय, शैक्षिक विकासका गुणस्तर शिक्षालाई जोड दिदै देवचुली नगरपालिकाको एक मात्र संचार माध्यम ह्याप्पी एफ.एम, २०७५ सालको एस.ई.इ मा उत्कृष्ठ औषत नतिजा ल्याउन सफल सामुदायिक तर्फ भिमसेन आदर्श माध्यमिक विधालय, संस्थागत तर्फ विश्वज्योति आदर्श माध्यमिक विधालयहरुलाई
सम्मान गरिएको थियो ।
कार्यक्रममा देवचुली नगरपालिका उपप्रमुख पार्वता तिवारी, प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद भुसाल, शिक्षा विकास तथा समन्वय समितिका प्रमुख कृष्णचन्द्र पोख्रेल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो . यस्तै कार्यक्रममा करिब ७ सय भन्दमा बढिको उपस्थिती रहेको थियो भने कार्यक्रमको सहजीकरण देवचुली नगरपालिका सुचना अधिकृत कृष्णहरी सापकोटाले गर्नुभएको थियो ।