देवचुली ,
पछिल्लो समय नेपाल भरि प्रकोपका रुपमा फैलिएको डेंगु रोगको नियन्त्रणका लागि देवचुली नगरपालिकाले देवचुलीका विभिन्न स्थलमा अभियान सुरु गरेको छ । लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा डेंगु रोग नियन्त्रणका लागि देवचुलीको लोकाखोलाबाट प्रगतिनगर, दलदले, केउरेनी, सि।जी सास्वतधाम, रजहर हुदै झरेखोला सम्म डेंगु रोगको नियन्त्रणको अनुगमन आइतबार बिहान गरिएको थियो ।
डेंगु रोग कसरी लाग्छ, डेंगु रोग लागे के गर्नुपर्छ, डेंगु रोगका लक्षण के हो जस्ता बिषयमा देवचुली नगरपालिकाका नगर प्रमुख पूर्ण कुमार श्रेष्ठ, प्रमुख प्रसाशकीय अधिकृत बिष्णु प्रसाद भुसाल, स्वास्थ्य शाखा प्रमुख शिव पराजुली, वडा नं १३ का वडा अध्यक्ष कयाप्टेन डिल बहादुर खत्री, दलदले अस्थाई प्रहरी सहायक निरिक्षक नरेन्द्र वि.क लगायतको टोलीले अनुगमन गर्नुभएको थियो ।
यो रोगबाट बच्नका लागि मुख्यतया लामखुट्टेको टोकाइबाट जगिनु पर्ने यसका लागि पुरा शरीर ढाकिने कपडा लागाउनुपर्ने, घर वरपर वा खेतबारीमा सफा राख्नुपर्ने, बिशेष गरि सवारी साधानका टायर, गमला लगायतका भाडामा पानी जम्न नदिने, घरको झयाल ढोका बन्द राख्नुपर्ने जस्ता कुरामा ध्यान दिन सके डेंगु रोग नियन्त्रण गर्न सकिने देवचुली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख शिव पराजुलीले बताउनुभयो । त्यस्तै पराजुलीको अनुसार देवचुली नगरपालिका भित्र ८ जनालाई डेंगु रोग देखिएको र अबको कार्यक्रम भनेको टोल सुधार समिति, आमा समुह, बजार व्यवस्थापन समिति हरेकलाई बोलाएर एक दिने अभिमुखीकरण साथै लार्भा नष्ट गर्ने कार्यक्रमको आयोजना गर्ने बताउनुभयो ।
यस्तै आफ्नो घरवारिपरि, आफु सफा भए र यदि डेंगु रोगको संका लागे नजिकैको स्वास्थ्य चौकीमा गए डेंगु रोगबाट आफै बच्न सकिने नगर प्रमुख पूर्ण कुमार श्रेष्ठले बताउनुभयो ।
नियन्त्रण कार्यक्रममा विभिन्न टोलटोलमा टायर भएको ठाँउमा पुगी टायरहरुलाई व्यवस्थीत तरिकाले राख्न अनुरोध गरिएको थियो ।