देवचुली, बैशाख–१३
रानाभाट/भाट समाज नवलपुरको बाह्रौं साधारणसभा तथा सातौं अधिवेशन सम्पन्न भएको छ। शनिबार दलदलेमा आयोजित कार्यक्रमको अध्यक्षता समाजका जिल्ला अध्यक्ष रेशम बहादुर रानाभाटले गर्नुभएको थियो। कार्यक्रममा समाजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष हरिबहादुर रानाभाटको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि रानाभाटले रानाभाट र भाटबन्धुहरू एक अर्काप्रतिको सुख, दुख र व्यक्तिगत तथा सामाजिक विकासका लागि एकजुट भएर अघि बढ्नुपर्ने बताउनुभयो। कार्यक्रममा रानाभाट भाट समाज गैंडाकोटका इकाई अध्यक्ष पदम रानाभाट, प्रगतिनगर इकाई सचिव महेश रानाभाट, त्रिभुवनटार इकाई अध्यक्ष बाबुराम रानाभाट, चितवन जिल्लाका उपाध्यक्ष बेलबहादुर रानाभाट, तनहुँ जिल्ला अध्यक्ष बेलबहादुर रानाभाट, पूर्व क्षेत्रीय सदस्य ज्ञप्रसाद रानाभाट, गण्डकी प्रदेशका उपाध्यक्ष प्रेम रानाभाट, गण्डकीका सदस्य सचिव सन्तबहादुर रानाभाट, समाजका केन्द्रीय सल्लाहकार तुलाराम भट्टराई रानाभाट, केन्द्रीय सहकोषाध्यक्ष मनबहादुर रानाभाट, केन्द्रीय सचिव बलराम रानाभाट, नवलपुर जिल्लाका पूर्व सचिव समर रानाभाट, नवलपुर जिल्लाका रानाभाट/भाट समाजकी महिला विभाग अध्यक्ष संगीता रानाभाट तथा देवचुली नगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष सुरेश कुमार रानाभाटले शुभकामना मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा गैडाकोट इकाई उपाध्यक्ष मधुमाया रानाभाटले साहित्यिक रचनावाचन गर्दै उपस्थितलाई स्वागत गर्नुभएको थियो।

रानाभाट/भाट समाज नवलपुरको बाह्रौँ साधारण सभामा विभिन्न व्यक्तिहरूलाई समेत सम्मान गरिएको थियो। सो अवसरमा समाजको कार्यालय सञ्चालन गर्न कोठा भाडा निःशुल्क प्रदान गर्नुभएका समाज समाजका पूर्व अध्यक्ष तथा केन्द्रीय सदस्य रामभक्त रानाभाटलाई सम्मान गरिएको थियो। यसैगरी रानाभाट/भाट समाजको उन्नति र प्रगतिका लागि योगदान गर्नुभएका प्रगतिनगर अमरापुरी र गैडाकोट इकाइलाई समेत सम्मान गरिएको थियो। सो अवसरमा कावासोती र त्रिभुवनटार डण्डा इकाइलाई समेत पछिल्लो समयको सक्रियतालाई मध्यनजर गरी सम्मान गरिएको थियो।
कार्यक्रममा समाजका सचिव सूर्य रानाभाटले एक वर्षभरिको संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। साथै संस्थाका कोषाध्यक्ष दिलमाया रानाभाटले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। संस्थाका वरिष्ठ उपाध्यक्ष विष्णु रानाभाटको स्वागत मन्तव्य रहेको कार्यक्रमको सहजीकरण समाजका सचिव सूर्य रानाभाटले गर्नुभएको थियो। कार्यक्रममा जिल्लास्थित रानाभाट/भाट बन्धुहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

सातौँ अधिवेशनबाट अध्यक्षमा विष्णुप्रसाद रानाभाट
रानाभाट/भाट समाज नवलपुरको सातौं अधिवेशनले विष्णुप्रसाद रानाभाटको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ। जसको वरिष्ठ उपाध्यक्षमा पशुपति रानाभाट, प्रथम उपाध्यक्षमा समर रानाभाट र महिला उपाध्यक्षमा कुमारी रानाभाट निर्वाचित हुनुभएको छ। यसैगरी सचिवमा बाबुराम रानाभाट, सहसचिवमा ओम प्रकाश रानाभाट, कोषाध्यक्षमा दिलमायारानाभाट र सहकोषाध्यक्षमा कृष्ण रानाभाट चयन हुनुभएको छ । यसैगरी अन्य सदस्यहरूमा हरिप्रसाद रानाभाट, सरस्वती रानाभाट, शोभा रानाभाट, तारादेवी रानाभाट, शर्मिला रानाभाट, शोभा रानाभाट, निरा रानाभाट, देवी रानाभाट, सुकमाया रानाभाट चयन हुनुभएको छ।