देवचुली
मध्य नेपाल साकोसको आयोजनामा एआई तथा रोबोटिक्स र उद्घोषण कला सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
साकोसका अध्यक्ष तुलमणी पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका बाल बचतकर्ताहरूलाइ अभिमुखीकरण प्रदान गरिएको थियो।

साकोसको २७ औं वार्षिकोत्सवको अवसरमा आयोजित अभिमुखीकरण कार्यक्रममा विशेष गरि अहिलेको समयमा बालबालिकाहरूलाई एआई तथा रोबोटिक्स सम्बन्धी आधारभूत जानकारी आवश्यक रहेको हुँदा यस कार्यक्रमको आयोजना गरेको साकोसले जानकारी दिएको छ।
साकोसका सचिव डिलाराम पाण्डेले सहजीकरण गर्नुभएको कार्यक्रममा आफ्नो भनाई राख्ने क्रममा साकोसका अध्यक्ष पौडेलले प्राविधिक युगमा अत्याधुनिक प्रविधिको आवश्यकतामा आधारित यस्ता कार्यक्रमहरूको आवश्यकता र महत्त्वका बारेमा प्रकाश पार्नुभएको थियो ।

साकोसका ७५ जना बाल बचतकर्तालाई एआई तथा रोबोटिक्सको बारेमा प्रशिक्षक सौर्य पौडेल र उद्घोषण कला सम्बन्धी सेसनमा शिक्षा उप समिति सदस्य सत्यराज अधिकारीले प्रशिक्षण गराउनुभएको थियो।
साकोसका उपाध्यक्ष तथा शिक्षा उप समिति संयोजक प्रेमाकुमारी खनालले स्वागत मन्तव्य राख्नुहुँदै बालबालिकाहरूको व्यक्तिगत क्षमता विकासको लागी उद्घोषण कला सम्बन्धी अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको बताउनुभएको थियो।

संस्थाका प्रमुख कार्यकारी अधिकृत नरभूपाल भुसालले संस्थागत गतिविधिबारे जानकारी दिनुभएको कार्यक्रममा संस्थाका पदाधिकारी, सेवा केन्द्र व्यवस्थापन उप समिति, शिक्षा उप समिति, कर्मचारीहरूको उपस्थिति रहेको थियो।