देवचुली, चैत्र ३१,
प्रगतिनगर खानेपानी तथा सरसफा उपभोक्ता संस्थाको अध्यक्षमा डिल्लीराम कडरिया निर्वाचित हुनुभएको छ। संस्थाको नवौं अधिवेशन अन्तर्गतको निर्वाचनमा कडरियाले आफ्ना निकटतम प्रतिद्वन्दी दुर्गादेवी बिष्टलाई पराजित गर्नुभएको हो। कडरियाले बिष्टलाई ५१ मतान्तरले हराउँदै खानेपानी संस्थाको नेतृत्व सम्हाल्न सफल हुनुभएको छ । कुल ३ हजार ४ सय ८३ मत खसेको खानेपानी संस्थामा कडरियाले १ हजार १ सय ५७ मत ल्याउनुभएको थियो। उहाँका प्रतिद्वन्दी बिष्टले १ हजार १ सय ६ मत, सुदीप न्यौपानेले ६ सय ९७ मत र इन्द्रमणि भुसालले ३ सय ६१ मत ल्याउनुभएको थियो। संस्थाको सचिव पदका लागि विष्णुप्रसाद न्यौपानेले ढुन्डिराज काफ्ले (संजय)लाई पराजित गरी निर्वाचित हुन सफल हुनुभएको छ। न्यौपानेले १ हजार २ सय ७१ मत ल्याउनुभएको थियो भने काफ्लेले १ हजार १ सय १८ मत, सचिवका अर्का उम्मेदवार रुद्रबहादुर मोक्तानले ६ सय ८५ मत र रेशमराज दवाडीले १ सय ९० मत ल्याउनुभएको थियो। लेखा समिति संयोजकमा भने जीवन श्रेष्ठले बालकृष्ण काफ्लेलाई मात्रै तीन मतले पराजित गर्नुभयो। लेखा संयोजकमा श्रेष्ठले १ हजार २ सय ३ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम प्रतिद्वन्दी काफ्लेले १ हजात २ सय मत प्राप्त गर्नुभएको थियो। यसैगरी लेखा संयोजकका अन्य प्रतिस्पर्धी मध्ये डिल्लीराज पौडेलले ६ सय ७७ मत र होम बहादुर बिकले १ सय ६५ मत प्राप्त गर्नुभएको थियो। लेखा महिला सदस्यमा भने कमला भट्टराई शर्माले १ हजार १ सय ९७ मत ल्याई हिराकुमारी भुजेललाई पराजित गर्नुभयो । भुजेलले १ हजार १ सय २२ मत प्राप्त गर्नुभएको थियो। यसैगरी बिन्दु दाहाल कोइरालाले ७ सय २० मत र टेकमाया थापाले १ सय ७८ मत ल्याउनुभएको थियो। लेखा सदस्य खुल्लामा भने शिवलाल पराजुलीले १ हजार १ सय २४ मत ल्याई विजयी हुनुभएको थियो। उहाँले नारायण प्रसाद शर्मालाई पराजित गर्नुभएको हो । शर्माले १हजार १ सय १३ मत प्राप्त गर्नुभएको थियो। यसैगरी लेखा सदस्य पदका उम्मेदवार होमनाथ अर्यालले ७ सय ५१ मत र कुन्तादेवी नेपालीले १ सय ७२ मत प्राप्त गर्नुभएको थियो।


खानेपानी संस्थाको ब्लक सदस्यहरूमा पनि मिश्रित नतिजा आएको छ। ब्लक नम्बर १, ६ र ९ मा डिल्लीराम कडरिया प्यानलका कृष्णबहादुर थापा, टिकाबहादुर आले र बुद्धिबहादुर लुंगेली, ब्लक नम्बर २ र ३ मा सुदीप न्यौपाने प्यानलका राधिका लम्साल र नवराज तिवारी, ब्लक नम्बर ४, ५, ७ र ८ मा दुर्गादेवी बिष्ट प्यानलका मोतिलाल अधिकारी, रिखीमाया सिंजाली, इन्द्रमणी गौतम र बिमला अधिकारी निर्वाचित हुनुभएको छ। कुल ४ हजार ८ सय २८ मतदाता उपभोक्ता रहेको खानेपानी संस्थामा ७२।१४ प्रतिशत मत खसेको निर्वाचन समितिका संयोजक जीवलाल श्रेष्ठले जानकारी दिनुभएको थियो।

खानेपानी संस्थामा डिल्लीराम कडरिया प्यानलबाट अध्यक्षसहित लेखा महिला सदस्य, ब्लक १, ६ र ९ सदस्य, दुर्गादेवी बिष्ट प्यानलबाट सचिव, लेखा संयोजक, लेखा सदस्य खुल्ला, ब्लक नं ४,५,७ र ८ सदस्य र सुदीप न्यौपाने प्यानलबाट २ र ३ ब्लक सदस्य निर्वाचित भएको हो। निर्वाचनमा होमिएको इन्द्रमणि भुसाल प्यानलले भने कुनै पनि नतिजा आफ्नो पक्षमा पार्न सकेन ।

