देवचुली
देवचुली नगरपालिकाको नगरस्तरीय आधारभूत तह उत्तीर्ण परीक्षाको नतिजा सार्वजनिक भएको छ। सोमबार सार्वजनिक गरिएको नतिजा अनुसार कक्षा ८ मा ७५.३६ % र कक्षा ५ मा ६०.७५ % मात्र उत्तीर्ण भएका छन्।
आधारभूत तह उत्तीर्ण परीक्षा ( कक्षा ८ ) को नतिजा
गत चैत्र ८ गते बाट सुरु भएको कक्षा ८ को परीक्षामा नगरपालिकामा रहेका २३ वटा विद्यालयका १ हजार १ सय ८९ जना विद्यार्थी सहभागी भएकोमा २७ जना विद्यार्थीले ४ जिपिए प्राप्त गरेका छन्।

नगरपालिकाको नतिजा अनुसार ४ जिपिए प्राप्त गर्नेमा नेपाल माविका आरुषी पौडेल , अपेक्षा शर्मा , भविश्वर भट्टराई , प्राप्ति डोटेल , रञ्जन भण्डारी , सरिस्मा चापागाईं र तुलाषा भुसाल रहेका छन् भने सकलादेवी माविका आकृति चपाई र रिजन राना , वरचुली माविका सन्देश कुमार पण्डित र कुलेन्द्र सारू मगर , जन ज्योति नमुना माविका सविना राना मगर र सन्ध्या सापकोटा , देवचुली माविका अमृत गौतम र बिकेश यादव , भीमसेन आदर्श माविका आयुष गौतम , अनुष्का भण्डारी , प्रीति न्यौपाने , सन्देश काफ्ले , सारिका न्यौपाने र श्रीमद चापागाईं , जन ज्योति माविका इभान्जेलिना दवाडी र मिथलेश कुमार शाह , विश्व ज्योति बोर्डिङ स्कुलका आयुष सुवेदी र कृष्ण बास्तोला , मुनलाइट बोर्डिङ स्कुलका विनायक सुनार र कुमारवर्ती बोर्डिङ स्कुलका सुवाष चापागाईं लगायतका रहेका छन्।
यो सँगै ३.६ जि.पि.ए भन्दा माथि प्राप्त गर्ने २५५ जना , ३.२ जि.पि.ए भन्दा माथि प्राप्त गर्ने ४२२ जना , २.८ जि.पि.ए भन्दा माथि प्राप्त गर्ने १८५ जना , २.६६ जि.पि.ए भन्दा माथि प्राप्त गर्ने ७ जना विद्यार्थी रहेको देवचुली नगरपालिकाका शिक्षा शाखा प्रमुख रामप्रसाद शर्माले जानकारी दिएका छन्।
नगर स्तरीय परीक्षा ( कक्षा ५ ) को नतिजा
गत चैत्र ८ गते बाट नै सुरु गरिएको कक्षा ५ सञ्चालित विद्यालयहरूको नगर स्तरीय परीक्षाको नतिजा समेत सोमबार प्रकाशन गरिएको छ। नगर भित्रका विभिन्न विद्यालयबाट ८ सय ७१ जना विद्यार्थी सहभागी भएको परिक्षामा ७ जनाको ४ जिपिए आएको छ भने ९९ जनाको ३.६० देखि ३.९९ , २ सय १५ जनाको ३.२० देखि ३. ५९ , २ सय २१ जनाको २.८० देखि ३.१९ , ६८ जनाको २.४० देखी २.७९ र ७ जनाको २ देखि २.३९ जिपिए आएको छ।
नगरपालिकाको नतिजा अनुसार ४ जिपिए प्राप्त गर्नेमा मनकामना आधारभूत बिधालयका सायरा थापा , नेपाल माविका इशुप मिया र रोजिता बिक , पृथ्वी माविका मन बहादुर दमै र जनज्योति माविका मानवी पाण्डे र प्रवेश भुर्तेल रहेका छन्।
नगरपालिकाको सूचना अनुसार कुनै पनि विषयको नतिजामा एन जी प्राप्त गरेका विद्यार्थीहरु माथिल्लो कक्षामा जान योग्य नहुने तर सबै विषयमा पुनर्योगको अवसर भने हुनेछ । यदि विद्यार्थीलाई नतिजामा चित्त नबुझेमा पुनर्योगका चैत्र २७ गतेसम्म र ग्रेड वृद्धि परीक्षाको लागी बैशाख २ गते सम्म निवेदन पेस गर्नुपर्नेछ र ग्रेड वृद्धि परीक्षा आगामी बैशाख ६ र ७ गते हुनेछ।