गैँडाकोट
गैडाकोट – १२, हर्कपुरमा रहेको होटल पौवाले नेपालीहरूको नयाँ वर्ष २०८१ को अवसरमा साङ्गीतिक कार्यक्रम तथा स्वाद उत्सव कार्यक्रम आयोजना गर्ने भएको छ।
शनिबार एक कार्यक्रमको आयोजना गरि नेपालीको हरेक चाडपर्वहरूलाई विशेष बनाउँदै आएको होटल पौवाले अब देखि नेपाली नयाँ वर्षलाई समेत विशेष पर्वको रुपमा मनाइने होटल पौवाका नवलपुर शाखाका महाप्रबन्धक निशान खरेलले जानकारी दिएका छन्।

महाप्रबन्धक निशान खरेलका अनुसार नयाँ वर्षको अघिल्लो रात हुने साङ्गीतिक कार्यक्रममा चर्चित लोक दोहोरी गायक प्रकाश दूतराज, गायिका दीपिका ब्याम्बु , गायक श्रीधर अधिकारी र सञ्जय देवकोटा लगायतका कलाकारको प्रस्तुति रहनेछ। “जहाँबाट आतिथ्यको सुरुवात हुन्छ” भन्ने मूल नाराको साथमा स्थापित होटल पौवाले आफ्नो स्थापनाको नवौँ वर्षको अवसर पारी चैत २५ देखि २९ गतेसम्म ‘स्वाद उत्सव’ कार्यक्रमको समेत आयोजना गरेको छ।
निःशुल्क प्रवेशको व्यवस्था हुने कार्यक्रममा होटल बनेका स्वादिला परिकारहरू ५० रुपैयाँदेखि उपलब्ध हुनेछन्। होटल पौवाले यस क्षेत्रमा रहेर नेपाली कला, संस्कृति, भाषा, धर्म, पर्व र रैथाने खानाहरूलाई प्रवर्द्धन गर्दै आइरहेको छ ।

होटलका ब्राण्डीङ्ग प्रमुख विष्णु भण्डारीका अनुसार हाल होटल पौवाको गण्डकी प्रदेशमा २ ,लुम्बिनी प्रदेशमा ९ , सुदूरपश्चिम प्रदेशमा १ , कर्णाली प्रदेशमा १ , बागमती प्रदेशमा ३ र कोशी प्रदेशमा १ शाखा गरि १८ वटा शाखा मार्फत नेपाली संस्कृति, परम्परा, र धार्मिक महत्वका उत्सवहरूलाई आफ्नो आतिथ्य सेवाबाट समृद्ध बनाउने उद्देश्यले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । पौवाले हालसम्म ७ सय भन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको छ।