नेपालमा युवाको क्षेत्रमा लामो समय देखि क्रियाशिल युवा मानव अधिकारकर्मी तिलोत्तम पौडेल रास्ट्रीय युवा परिषदको १० औं स्थापना दिवसको अवसरमा सम्मानित हुनुभएको छ ।
रास्ट्रीय युवा परिषदको दशौ स्थापना दिवसको अवसरमा नेपाल सरकार युवा तथा खेलकुद मन्त्री माननीय तेजुलाल चौधरीज्युबाट युवा मानव अधिकारकर्मी तिलोत्तम पौडेललाई समग्र युवाको लागि आवश्यक पर्ने नीति निर्माण देखि कार्यान्वयन सम्म पुर्यायको योगदान स्वरुप सम्मानित हुनुभएको हो ।

सम्मानित पौडेल युवा परिषदमा २०७७ माघ २५ देखि २०८१ माघ २४ सम्म कार्यकारी सदस्यको रूपमा समेत नियुक्ति भएर क्रियाशिल समेत रहनुभयको थियो । उहाँ परिषदमा रहदा युवामैत्री स्थानीय शासनलाई मुलप्रवाहिकरण गरि स्थानीय तह सम्म लैजानको लागि र युवा नितिलाई सन्सोधन गर्न पहल कदमी समेत गर्नुभएको थियो ।
नेपालमा युवाहरुको लागि युवा तथा खेलकुद मन्त्रालयको स्थापना पश्चात युवा परिषदको छुट्टै निकाय गठन गरेर सविधानमा युवाका सवालहरु र राज्यको प्राथमिकताको बारेमा बहस गरि वकालत र पैरवी गर्ने गरेको थियो ।
सम्मानित पौडेल बाल्यअवस्थामा नै बालक्लबको स्थापना गरि तत्कालीन नेपाल सरकारलाई बिपक्षी गराई बालबालिकाहरुले पनि संघसस्था दर्ता गर्न पाउनुपर्ने भनी सर्वोच्च अदालतमा मुद्दा दायर गरि समग्र बालबालिकाको पक्षमा फैसला गरेको जागृती बाल क्लबको सस्थापकहरुमा समेत रहनुभयको थियो ।

उहाँ हाल जागृती बाल तथा युवा सरोकार नेपालका अध्यक्ष , बालबालिका शान्तिक्षेत्र रास्ट्रीय अभियानको महासचिव, मानव अधिकार एलाईन्सको उपमहासचिव र अन्य विभिन्न सामाजिक संघसस्था र संजालमा समेत आवद्ध भई समग्र बालबालिका,बालिका, पोषण, युवा, मानव अधिकार, जलवायु शासन र सामाजिक न्यायको क्षेत्रमा क्रियाशिल समेत रहनुभएको छ ।