गैँडाकोट
गैँडाकोट १६ मा रहेको युनिक सेकेन्डरी इङ्ग्लिस स्कुलले आज २८ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ।
बिधालय व्यवस्थापन समितिको अध्यक्ष बद्रि प्रसाद सापकोटाको अध्यक्षता सँगै गैँडाकोट नगरपालिकाका नगर प्रमुख मदन भक्त अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा करिब ४ सय अभिभावकहरुको उपस्थिति रहेको थियो।
वार्षिकोत्सवको अवसर पारेर विद्यालयले विभिन्न जातीय समुदाय अन्तर्गत मगर , गुरुङ , तामाङ र थारूको जातीय नृत्य , कल्चरल तथा पेसागत फेशन शो , सामूहिक गायन , बाल गीतमा नृत्य , समसामयिक विषयमा नाटक , युनिक सिङ्गिङ आइडल , युनिक डान्स आईडल , बिधार्थीहरुको भजन , कक्षागत विविध प्रस्तुति , शिक्षिकाहरुको नृत्य , बिधालयको उपलब्धि प्रदर्शनी , अभिभावक र छोरीको नृत्य , सांस्कृतिक भेषभुषा प्रदर्शनी , विज्ञान प्रदर्शनी , एनसिसिको उपलब्धि प्रदर्शनी लगायतको गतिविधिलाई समेटी कार्यक्रमलाई सभ्य र भब्य रुपमा सम्पन्न गरेको छ।
विद्यालयका सहायक प्रिन्सिपल उमाकान्त गौतमको स्वागत मन्तब्य रहेको कार्यक्रममा आफ्नो भनाई राख्नुहुँदै विद्यालयका प्रिन्सिपल राम प्रसाद शर्माले विद्यालयले हाल सम्म हासिल गरेका सफलताको चर्चा गर्नुहुँदै विधालयलाई यहाँ सम्म ल्याउन विभिन्न क्षेत्रबाट सहयोग गर्ने सम्पूर्णलाई आभार व्यक्त गर्दै युनिक स्कुललाई युनिक पहिचानको साथमा स्थापित गर्न कुनै कसर बाँकी नराख्ने बताउनुभएको थियो।
सोही क्रममा कार्यक्रमका प्रमुख अतिथि तथा गैँडाकोट नगरपालिकाका नगर प्रमुख मदन भक्त अधिकारी , विशिष्ट अतिथि गैँडाकोट नगरपालिकाका प्रशासकीय अधिकृत झबिन्द्र खनाल , प्याब्सन नवलपुरका अध्यक्ष हरिहर अधिकारी , अभिभावक शारदा कँडेल , भूपू शिक्षक गणेश तामाङ्ग लगायतले शुभकामना मन्तव्य राख्नुहुँदै कार्यक्रमको सफलता सँगै विद्यालयको उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको थियो। बिधालयका कोर्डिनेटर राजन थकालीको सहजीकरण रहेको कार्यक्रममा गैँडाकोट १५ का वडा अध्यक्ष प्रेमराज तिमिल्सेना , गैँडाकोट १४ का वडा अध्यक्ष कोकिसरा राना , गैँडाकोट नगर शिक्षा प्रमुख राम प्रसाद अधिकारी , बिधालयको एकेडेमिक हेड सिता भण्डारी , गैँडाकोट प्याब्सन अध्यक्ष भरत कँडेल , गैँडाकोट प्याब्सनका पूर्व अध्यक्ष लक्ष्मी दवाडी , शिक्षक अभिभावक सङ्घका अध्यक्ष कमल सापकोटा , विद्यालयमा रहेको व्यवस्थापन तथा शिक्षक अभिभावक सङ्घका सदस्यहरू निर्मला रामदाम , राधा काफ्ले , ओमराज गुरुङ , सृजना कँडेल , सरस्वती कँडेल , कल्पना रानाभाट , भगवान पुरी सहित सुन्दरी सामुदायिक बनका अध्यक्ष बुद्धि गिरि , अमर ज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक दुर्गादत्त सापकोटा ,लोक दोहोरी गीत प्रतिष्ठान नवलपुरका सदस्य तथा गायिका अस्मि थापा , नृत्य निर्देशक अमृत राना , सिता हेल्थ केयरका संचालक डा गोपाल शाही लगायतका व्यक्तित्वहरुको आतिथ्यता रहेको थियो।
विद्यालयमा एक बर्षदेखी सुरु गरिएको गायन र नृत्यको आइडल समेत घोषणा गरिएको छ जसमा गायन तर्फ स्तुपा श्रेष्ठ प्रथम , अपराजिता भट्टराई द्वितीय र शिरिष थापा तृतीय हुन सफल भएका थिए भने नृत्य तर्फ अनुष्का आले प्रथम र नमा घले द्वितीय हुन सफल भएका थिए।