देवचुली, माधब सुबेदी
सामुदायीक प्राकृतिक चिकित्सालयको भोजनालय भवनको समुद्घाटन कार्यक्रम शनिबार सम्पन्न भएको छ । देवचुली नगरपालिकाको आर्थिेक बर्ष २०७५/०७६को नगर स्तरीय सार्वजनिक पूर्वाधार निर्माण योजनाबाट निर्मित भोजनालय भवनको उद्घाटन गरिएको छ । गुणस्तरीय उपचार तथा निराकरण हाम्रो प्रतिबद्धता पूर्ण स्वास्थ्य प्राप्तिका लागि प्राकृतिक चिकित्सा भन्ने मुल मन्त्रका साथ कार्यक्रम भएको थियो ।
कार्यक्रमको अध्यक्षता सामुदायीक प्राकृतिक चिकित्सालयका अध्यक्ष सन्त बहादुर क्षेत्रीले गर्नुभएको थियो भने प्रमुख अतिथीको रुपमा देवचुली नगरपालिकाका नगर प्रमुख पूर्ण कुमार श्रेष्ठ रहनुभएको थियो । यस्तै विशिष्ठ अतिथीमा देवचुली नगरपालिका उप प्रमुख पार्वाता तिवारी, देवचुली नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद भुसाल रहनुभएको थियो भने विशेष अतिथीको रुपमा विभिन्न वडाका वडाध्यक्षहरु रहनुभएको थियो । साथै अतिथीहरुको रुपमा विभिन्न आमा समुह, संघसस्था, बैकं ,विद्यालयहरु, युवा क्लव, टोल सुधार समिति, खानेपानि समितिका अध्यक्ष, देवचुली नगरकार्यापालिकाका कर्मचारीहरु, विरिष्ठ ब्यक्ति, बुद्धिजीवि,समाजसेवी लगायतको उपिस्थती रहेको थियो ।
कार्यक्रममा देवचुली नगरपालिकाका नगर प्रमुख पुर्ण कुमार श्रेष्ठले भोजनालय भवनको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथी श्रेष्ठले सामुदायीक प्राकृतिक चिकित्सालय एक प्राकृतिक उपचार केन्द्र भएकाले बिशेष बिरामीहरुको लागि यहाँको खानेक’रामा ध्यान दिनुपर्ने भएकाले भोजनालयको लागि भवन निर्माण गरिएको र उनीहरुलाई औषधीका ट्याबलेट, झोल आदि इत्यादि खाएर आफनो स्वास्थ्यलाई हानि पुग्नुभन्दा निरोगी र स्वास्थ्य राख्नको लागि प्राकृतिक चिकित्सालयलाई सम्झन समेत आग्रह गर्नुभएको थियो ।श्रेष्ठका अनुसार देवचुली नगरपालिकाले नगरस्तरीय सार्वजनिक पूर्वाधार निर्माण योजनाबाट रु १५ लाख रुपैया बाट भोजनालय भवनको निर्माण गरीएको समेत बताई अब आउने दिनहरुमा पनि नगरपालिका बाट सक्दो सहयोग मिल्ने बताउनुभयो । साथै विशिष्ठ अतिथी विष्णु प्रसाद भुसालले सामुदायिक प्राकृतिक चिकित्सालय देवचुली नगरपालिका भित्र कै एक गौरवको संस्था भएको र देवचुली नगरपालिकाले जति पनि योगदान दिएको र यदि नपुगे पनि पुग्नेगरी योगदान दिने प्रतिबद्धता दिनुभयो भने प्राकृतिक चिकित्सालय अस्पताल मात्र नभई विशेष गरि पर्यटकिय स्थल समेत रहेको बताउनुभयो ।
कार्यक्रममा आएका पाहुनाहरुलाई प्राकृतिक बाट बनेका विभिन्न किसिमका आर्गानिक सागसब्जी, विभिन्न किसिमका तरकारिहरु बनाई खाना समेत खुवाईएको थियो । कार्यक्रममा करिब ३०० जनाको उपस्थिती रहेको थियो भने कार्यक्रमको सहजीकरण सामुदायीक प्राकृतिक चिकित्सालयका सचिव प्रदिप घिमीरेले गर्नुभएको थियो ।