देवचुली/
देवचुली १६ मा रहेको रजहर सामुदायिक सिकाई केन्द्रमा मंगलबार एक दिने करेसाबारी तालिम सम्पन्न भएको छ । तालिमको अध्यक्षता सिकाई केन्द्रका अध्यक्ष शम्भुवहादुर राउतले गर्नुभएको थियो भने प्रमुख आतिथ्यता देवचुली नगरपालिकाका शिक्षा शाखा प्रमुख रामप्रसाद शर्माको रहेको थियो ।
प्रमुख अतिथि शर्माले स्वास्थको लागि भान्सा र भान्साको लागि करेसाबारी व्यवस्थित र विषाणुमुक्त हुनुपर्ने बताउनुभयो । भान्सामा स्वास्थ्यवर्दक खाना बनोस भन्नको लागि यस्तो खालको तालिम समाजका जिम्मेवार नागरिकलाई प्रदान गर्दा सिङ्गो समुदायलाई नै मद्दत पुग्ने विचार व्यक्त गर्नुभयो।

तालिममा प्रशिक्षकहरु कृषि विकास शाखा अधिकृत नरेन्द्र भण्डारी तथा कृषि प्रावृधिक भीमवहादुर वुढाले करेसाबारी निर्माण सुधार तथा व्यवस्थापनको बारेमा प्रशिक्षण गराउनुभएको थियो । सो अवसरमा रजहर सिकाई केन्द्रका सल्लाहकार समिति सदस्य विष्णु प्रसाद आचार्य, सल्लाहकार ललितवहादुर बोहोरा, तीर्थप्रसाद कोइराला, उदयराज अधिकारी, देवचुली माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष टोपराज कोईराला लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

तालिममा संस्थाका उपाध्यक्ष दुर्गा सुवेदीको स्वागत मन्तव्य रहेको थियो भने तालिमको सहजीकरण सचिव संगीता बराल सापकोटाले गर्नुभएको थियो । करेसाबारी तालिममा देवचुली नगरपालिका १६ र १७ का आमा समुह, टोल विकास संस्था, कृषि समुहका पदाधिकारी लगायत गरी ७० जनाको सहभागिता रहेको थियो ।

सोहि अवसरमा बोडी , काँक्रो , लौका , फारसी र भेन्डि लगायतका तरकारीको बिउ समेत वितरण गरिएको थियो।
