देवचुली
शिक्षा विकास तथा समन्वय इकाई नवलपुरका प्रमुख दिपेन्द्रराज श्रेष्ठलाई जनज्योति माध्यमिक विद्यालयले सम्मान गरेको छ। विद्यालयका पूर्व विद्यार्थी समेत रहनुभएका श्रेष्ठलाई विद्यालयले बिहिबार एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो।
![No description available.](https://scontent.fktm18-1.fna.fbcdn.net/v/t1.15752-9/475680284_420163284452615_3845632861214244639_n.jpg?stp=dst-jpg_s2048x2048_tt6&_nc_cat=106&ccb=1-7&_nc_sid=9f807c&_nc_eui2=AeFrmrzBtZINLzdlHte4lRm-EWnc3FrQbIQRadzcWtBshCBUWMQiqRfspJFZEFTv4v5yfB9NlWuPgdWmwDdRodIs&_nc_ohc=dt8DRAqxdKcQ7kNvgFqAXLa&_nc_zt=23&_nc_ht=scontent.fktm18-1.fna&oh=03_Q7cD1gGJJc4I2V80C0tqnBoZ12Hu5oAh11BoTLL_GvDU1fTTng&oe=67CC3208)
जनज्योति माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष बद्रीनाथ बस्यालको अध्यक्षता तथा शिक्षा विकास तथा समन्वय इकाई नवलपुरका प्रमुख दीपेन्द्रराज श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्मान कार्यक्रम सम्पन्न भएको हो। सो अवसरमा विद्यालयका व्यवस्थापन समिति, प्रधानाध्यापक र शिक्षकहरूले खादामाला ओडाई श्रेष्ठलाई सम्मान गर्नुभएको थियो।
![No description available.](https://scontent.fktm18-1.fna.fbcdn.net/v/t1.15752-9/476599557_1427225564911072_3792771006093083720_n.jpg?stp=dst-jpg_s2048x2048_tt6&_nc_cat=102&ccb=1-7&_nc_sid=9f807c&_nc_eui2=AeH-SJQ3Bca-NSc6vTfUsLxvimRntkoo69uKZGe2Sijr29WNUhfglibxJ8eSKteuspxe2L-HbWVCuwFay8VbHdc8&_nc_ohc=2QtsKdt-Uu0Q7kNvgEwC4dR&_nc_zt=23&_nc_ht=scontent.fktm18-1.fna&oh=03_Q7cD1gG_paxawvMybDqmYtX2kCWTp0V6T8n5Ih6RP30drnKg7g&oe=67CC31E2)
सम्मान ग्रहणपछि आफ्ना भनाइहरू राख्दै प्रमुख अतिथि श्रेष्ठले जनज्योति माध्यमिक विद्यालयमा अध्ययन गरी पुनः जागिरे जीवनको सिलसिलामा सोही विद्यालयबाट सम्मानित हुन पाउनु गर्वको विषय भएको बताउनुभयो । उहाँले जनज्योति माध्यमिक विद्यालयको व्यवस्थापकीय पाटो, शिक्षक र व्यवस्थापन समितिको अथक मेहनत र जुझारु विद्यार्थीहरूको लगनशीलताले जनज्योति माध्यमिक विद्यालयले शिक्षा क्षेत्रमा राम्रो प्रगति गरेको बताउनुभयो ।
![No description available.](https://scontent.fktm18-1.fna.fbcdn.net/v/t1.15752-9/475442551_1040588261420230_19098397096357720_n.jpg?stp=dst-jpg_s2048x2048_tt6&_nc_cat=106&ccb=1-7&_nc_sid=9f807c&_nc_eui2=AeGAX7LyOMC9cAjCVjN39gzU3ykPUBgY1wTfKQ9QGBjXBLGXblv9KM-vo5eCidKwXgizRvy2ktq2SANbb_6aKAq6&_nc_ohc=8FenLOb6UcoQ7kNvgG6yUVb&_nc_zt=23&_nc_ht=scontent.fktm18-1.fna&oh=03_Q7cD1gGcnpCGAWG0qeKoruWzd2QrQpzFoSzifJ4cpP1KlYAALA&oe=67CC1DBD)
कार्यक्रममा विद्यालयकी विद्यार्थी पूजा सुवेदीले विद्यार्थीको तर्फबाट स्वागत मन्तव्य राख्नुभएको थियो। साथै विद्यालयको तर्फबाट स्वागत मन्तव्य राख्नुहुँदै विद्यालयका प्रधानाध्यापक मीनबहादुर दाहालले जनज्योति माध्यमिक विद्यालयले विभिन्न विशिष्ट व्यक्तित्वहरुलाई शिक्षा प्रदान गरी देशका विशिष्ट पदहरुमा पुर्याउन सफल भएको स्मरण गर्नुभयो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य जीवन श्रेष्ठले शुभकामना मन्तव्य मार्फत सम्मानित समन्वय इकाई प्रमुख श्रेष्ठलाई बधाई ज्ञापन गर्नुभयो। सम्मान कार्यक्रमपछि विद्यालयका शिक्षक, कर्मचारीहरूसँग समन्वय एकाई प्रमुख श्रेष्ठको अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न गरिएको छ ।
![No description available.](https://scontent.fktm18-1.fna.fbcdn.net/v/t1.15752-9/475697601_1651884835456401_2802789147629292818_n.jpg?stp=dst-jpg_s2048x2048_tt6&_nc_cat=104&ccb=1-7&_nc_sid=9f807c&_nc_eui2=AeEwr_XG-CnmJ5vYCPqCwGvz71UXWMaGO6vvVRdYxoY7q0yl_bke4NIZe3xpKgUPDDUZuF4Pp7hdnW_qcAj2Z-ah&_nc_ohc=GE5OGyGb0cQQ7kNvgHA4lea&_nc_zt=23&_nc_ht=scontent.fktm18-1.fna&oh=03_Q7cD1gFw22TppkS8TB0zlzZK4rgz0pElV8tffY_Ey3LVcKz9AQ&oe=67CC1469)
अन्तरक्रिया कार्यक्रममा शिक्षकहरुले अध्यापनको समयमा आउने जटिलता, शिक्षकहरुका गुनासा र शिक्षा विकास तथा समन्वय इकाईसँग सम्बन्धित विभिन्न विषयहरूमाथि चर्चा परिचर्चा गर्नुभएको थियो। अन्तरक्रियामा आफ्ना धारणा राख्नुहुँदै समन्वय इकाई प्रमुख श्रेष्ठले शिक्षकहरूको तह बढुवा हुन शिक्षक नै लगनशील भएर लाग्नुपर्ने बताउनुभयो ।
![No description available.](https://scontent.fktm18-1.fna.fbcdn.net/v/t1.15752-9/476319478_525598107211524_8296311058772846560_n.jpg?stp=dst-jpg_s2048x2048_tt6&_nc_cat=101&ccb=1-7&_nc_sid=9f807c&_nc_eui2=AeHuOBSbAVC4L0-c21cmuw9wjssdHmnOelOOyx0eac56U-AmeiXWphVeQ8PpZTjNX-8cjdppbRA0Ztm0lNuuYFjw&_nc_ohc=2vI5PE1JU20Q7kNvgEC2wK3&_nc_zt=23&_nc_ht=scontent.fktm18-1.fna&oh=03_Q7cD1gEhfxjc2thH2oEZG8OihxAosPWtsryL8KtmgDc_zTXOvg&oe=67CC3056)
उहाँले जनज्योति माध्यमिक विद्यालयमा अध्यापनरत शिक्षकहरूले विद्यार्थीहरूलाई व्यावहारिक र गुणस्तरीय शिक्षा प्रदान गरेकोमा धन्यवाद ज्ञापन गर्दै सफल शिक्षण जीवनको शुभकामना व्यक्त गर्नुभयो। विद्यालयको औपचारिक स्वागतको कार्यक्रम र सभाहलमा आयोजित अन्तरक्रिया कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक सोमनाथ सुवेदीले गर्नुभएको थियो।