देवचुली/
नवलपुरको देवचुली १६ रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयको प्राकृतिक चिकित्सा पद्धतीको उपचारबाट प्रभावित भएर देशभरीका मानिसहरु जीवनशैली सुधार र स्वास्थलाभको लागि आउने गरेका छन ।
त्यस्तै पाल्पाको रामपुर नगरपालिकाको वडा नं ६ ले “सुखी समृद्ध, सुसंस्कृत शहर, समुन्नत रामपुर हाम्रो रहर भन्ने नाराका साथ वडाको वार्षिक कार्यक्रम अन्र्तगत वेलनेस क्याम्प कार्यक्रम नै आयोजना गरि दोस्रो चरणमा वडाका जनप्रतिनिधिहरु, योजना अधिकृत, वडा सदस्य, रामतुलसी माविका प्रधानाध्यापक, दरेठाँटी माविका प्रधानाध्यापक, टोलविकास समितिका पदाधिकारी, स्वयसेवक लगायत गरि ४५ जनाको समुहमा आई तिन दिने खानपान,जीवनशैली सुधारका साथै प्राकृतिक उपचार पद्धतीहरु, ध्यान योग, प्रणायामका साथै अन्य प्राकृतिक विधिहरु सिकेर शनिवार रामपुर फर्केका छन । उक्त कार्यक्रमले पैतालिस जनाको परिवार मात्र नभएर रामपुर वडा नं ६ र आसपासका वडामा समेत उचित जीवनयापनको सन्देश प्रवाह हुने वडाअध्यक्ष दिवाकार देवकोटाको विस्वास छ । यस्ता खालका हेल्थ क्याम्पहरु देशका अन्य पालिकाहरुले पनि आयोजना गर्न सके आम नागरिकमा स्वास्थ सम्वन्धिको जनचेतना वृद्धि हुने देवकोटाको भनाई छ । मानिस माटोबाटै उत्पन्न भएको र माटोमै विलय हुने प्राणी भएकाले जीवनशैली पनि पुर्ण प्राकृतिक हुनुपर्ने उहाँले बताउनुभयो ।
प्राकृतिक चिकित्सालयको सेवा लिनुभएकोमा धन्यवाद व्यक्त गर्नुहुँदै चिकित्सालयका अध्यक्ष सन्त बहादुर क्षेत्रीले विभिन्न तहका सरकारले चिकित्सालयको विकास र विस्तारमा सहयोग गर्ने हो भने आफुहरुले अझै सहुलियतमा सेवा प्रदान गर्न सक्ने बताउनुभयो ।
खाना नै औषधि औषधि नै खाना भन्ने मुल सन्देशका साथ प्राकृतिक चिकित्सा सेवा प्रदान गरेको चिकित्सालयको सेवा र व्यवस्थापन उत्कृष्ट रहेको रामपुर ६ बाट आएका नागरिकले बताएका छन । तीन दिनमै स्वास्थमा फरकपन पाईसकेको अनुभव सुनाउँदै आफ्नो गाउँठाउँमा प्राकृतिक चिकित्सालयको प्रचारप्रसार गर्ने र आफुहरु पनि बेलाबेला आईरहने उनीहरुले बताए । पछिल्लो समय दिर्घरोग लगायत अन्य स्वास्थ समस्या बढेकाले प्राकृतिक चिकित्सालयको सेवाको विस्तार र प्रचारप्रसारलाई व्यापक बनाउनुपर्ने सहभागीहरुले बताएका छन ।
रामपुरबाट आएका सेवाग्राही मध्य पेट, सुगर, प्रेसर,दम लगायतका रोगबाट पिडित विरामीहरु भएको बताउनुहुँदै चिकित्सालयका व्यवस्थापक हरिप्रसाद समपकोटाले तिन दिनको छोटो अवधिमा खानपानको सुधार, योगअभ्यास र प्राकृतिक जीवनयापनको मार्गदर्शन गराएर पठाउने गरेको उहाँको भनाई छ । दिर्घ रोगीहरु केही समय त्यही बसेर उपचार गराई स्वास्थलाभ लिएर जाने गरेको उहाँले बताउनुभयो ।
तीन दिवसिय स्वास्थ सुधार कार्यक्रमको लागि आएको टोलीलाई हरेक दिन फरकफरक विषयमा प्राकृतिक चिकित्सालयका सहायक निर्देशक डा.आजाद पुरी, डा. अनमोल गौर, डा.अन्वेश वराकोटी र फिजियोथेरापिस्ट डा.सागर खनालले स्वस्थ शरिर र स्वाथवर्दक जीवनशैलीको बारेमा प्रशिक्षण दिनुभएको थियो । समापन कार्यक्रमको प्रमुख अतिथिको रुपमा सामुदायिक प्राकृतिक चिकित्सालयका अध्यक्ष सन्त बहादुर क्षेत्री रहनुभएको थियो । रामपुर ६ का वडाअध्यक्ष दिवाकर देवकोटाको अध्यक्षता रहेको कार्यक्रमको सहजीकरण चिकित्सालयका व्यवस्थापक हरिप्रसाद सापकोटाले गर्नुभएको थियो ।