देवचुली,
दलित जागरण अभियान नेपालको १०औं साधारण सभा सम्पन्न भएको छ । शुक्रवार दलित जागरण अभियान नेपालका राष्ट्रिय समिति अध्यक्ष दधिराम परियारको अध्यक्षता र गण्डकी प्रदेश सदस्य दमयन्ती रुचालको प्रमुख आतिथ्यतामा देवचुली नगरपालिका १७ फारममा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमममा दलितलाई खै? अभियानका अभियान्ता खगेन्द्र विसिको विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै दलितलाई खै? अभियानका अभियान्ता खगेन्द्र सुनारले देशका विभिन्न स्थानमा दलित भएकै कारण विभेद र हत्यासम्मका घटनाहरुको घोर भत्सर्ना गर्नुभयो । दलितका अधिकारको सुनिश्चितताको लागि ४५ दिन आन्दोलनमा हुमिदा देशभरिबाट साथ मिलेकोले आज दलित जागरण अभियान नवलपुर सम्म आइपुगेको बताउनुभयो । ४५ दिनको अभियानले समन्तवादीहरु र राजनीतिक दलहरु सशंकित भएको बताउनुभयो । समाजमा दबाएर राखिएका दलितहरु अब शिंहदरबारसम्म आँखा जुदाउन पुगेकोले अब सत्तामा रहने नीतिनिर्माताहरुलाई अब सचेत हुनुपर्ने बताउनुभयो । हिजोका विभिन्न आन्दोलन सफल बनाउन खुट्टा समाएर लागेका दलितहरु अब कठालो समाउनुपर्ने दिन आएको भनाई राख्नुभयो । अन्तरजातीय बिवाहाका कारण मारिएका नवराज बिकको सव अझै अस्पतालमा रहेको स्मरण गर्नुहुँदै उहाँले एउटा दलित समानताको लडाई लड्दा लास बनेर रहनुपरेको र कयौं दलितहरु दास बनेर रहेको दुखद दृष्टान्त औंल्याउनुभयो ।
त्यस्तै प्रदेश सदस्य दमयन्ती रुचालले आँफु प्रदेश सदस्य बनिसक्दा पनि समानताको अनुभुति गर्न नपाएको बताउनुभयो । संविधानमा ४० प्रतिशत अधिकार दलितलाई छुट्टाईए पनि यथार्थमा दलित महिला सदस्यको पद दिएर टारिएको गुनासो गर्नुभयो ।
साधारण सभाको अवसरमा जिसस प्रमुख बावुराम विश्वकर्मा, दलित महिला संघ फेडो गण्डकी प्रदेश अध्यक्ष सुमित्रा गायक, समता समाजका अक्ष्यक्ष गोपाल गहतराज, धर्म गुरु तथा बरिष्ठ पास्टर महाराजजी चौधरी, दलित जागरण नेपालका पुर्व अध्यक्ष राजाराम पास्वान, युवा समाजसेवी तथा धार्मिक गुरु रुवेन रसाईली, बामेक बुद्धिजिवि समुहका अध्यक्ष हरिनन्दन रञ्जननेपाल मगर नेपाल मगर संघ जिल्ला अध्यक्ष भुम बहादुर राई मगर लगायतले अफ्ना भनाईहरु राख्दै दलितहरु एक भएर समानताका लागि आवाज उठाउनुपर्ने बेला आएको धारण राख्नुभयो । सो अवसरमा वरिष्ठ लोक दोहोरी गायक राजु परियार, आशा विसि,कृष्ण गैरे, गणेश विक लगायतले आफ्ना सांगेतिक प्रस्तुतिहरु राखेका थिए ।
कार्यक्रममा बावु जगजिवन कला संस्कृति केन्द्रद्धारा डा. भिम अम्बेडकर अन्तराष्ट्रिय पुरस्कारबाट सम्मानित हुनुभएको थियो । त्यस्तै उपाध्यक्ष दिपक विक, महासचिव भिमवहादुर विक, राष्ट्रिय फुटवल खेलाडी सेनु परियार, कविता विक साथै राष्ट्रिय समिति, जिल्ला समिति तथा क्षेत्रीय समितिलाई सम्मान गरिएको थियो । दलित जागरण नेपालका उपाध्यक्ष दिपक विकले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण महासचिव भिम विकले गर्नुभएको थियो ।