देवचुली,
माघे सङ्क्रान्तीको अवसर पारी आयोजना गरिएको दोस्रो पिप्रहर माघी मेलामा माघेसङ्क्रन्तीको दिनको कार्यक्रममा नेपालमा रहेका विभिन्न जातजाति भाषाभाषी र संस्कृति झल्काउने कला संस्कृतिको आदानप्रदान गरि मनाईएको छ । कार्यक्रममा प्रमुख आतिथ्यता गण्डकी प्रदेशका पुर्व मन्त्री महेन्द्रध्वज जोशीले गर्नुभएको थियो । कार्यक्रममा शुभकामना मन्तव्य राख्नुहुँदै प्रमुख अतिथि जोशीले उक्त क्षेत्र धर्म,कला र संस्कृतिको जगेर्ना गर्न यस्ता कार्यक्रमहरुले सहयोग पुर्याउने बताउनुहुँदै सफलताको कामना व्यक्त गर्नुभयो । पिप्रहर पर्यटनको क्षेत्रमा पनि उत्तिकै योगदान पुर्याएको ठाउँ भएको बताउनुहुँदै धार्मिक पर्यटकीय र कलाको धनि भएको बताउनुहुँदै थप प्रचारप्रसार र विस्तार गर्नुपर्ने बताउनुभयो । त्यस्तै उद्योग वाणिज्य संघ गण्डकीका अध्यक्ष अमृत भट्टचनले कार्यक्रमले विभिन्न जातजातिका कला संस्कृति र खानाको पर्वद्धन गर्ने काम गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।
माघे सङ्क्रान्तीको अवसरमा आयोजना गरिएको लोकगीत प्रतियोगितामा महिला जागरण आमा समुूह, नेपाल सृजना आमा समूह, प्रगति आमा समूह, सितल टोल आमा समूह, जनमिलन आमा समूह, जनमिलन आमा समूह गरि जम्मा ५ ओटा आमा समूहले सहभागिता जनाएका छन । लोकगीत प्रतियोगिताको नतिजा कार्यक्रमको अन्तिम दिन बुधबार सार्वजनिक गरिने आयोजकले जनाएको छ ।
दोस्रो दिनको कार्यक्रममा लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रिता थापा, महासचिव शिव हमाल, उपाध्यक्ष दिपक खड्का,गण्डकी प्रदेश सदस्य सपना परियार, अस्मी थापा, टिकिसरा राना, थारु भाषाका गायक महेश चौधरी, गायक प्रकाश खरेल, सुमन रोका लगायत अन्य स्थानीय तथा राष्ट्रिय कलाकारहरुको सांगितिक प्रस्तुति रहेको थियो । सो अवसरमा भजन,थारु भाषका भाकाहरु, कौडा लगायत अन्य जातजाति भाषाभाषी र संस्कृतिका गीत तथा नृत्य प्रस्तुत गरिएको थियो । त्यस्तै विभिन्न समुदायहरुका विशेषता झल्काउने खानाका परिकार र कला संस्कृति झल्काउने बस्तुहरु प्रदशनीमा राखिएको छ ।
कार्यक्रमका संयोजक रिम बहादुर आलेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण उद्धघोषक अर्जुन कंडेलले गर्नुभएको थियो । पौष २९ गतेबमट सुरु भएको माघीमेलाका सांस्कृतिक कार्यक्रम र भलिवलको फाईनल खेल माघ २ गते बुधबार सम्पन्न हुनेछ ।