देवचुली,
दिव्यपुरी महिला स्वाबलम्वन बहुउद्देश्यीय सहकारी संस्थाको आयोजनामा देवचुलीमा स्तन तथा पाठेघर क्यान्सरको रोकथामका लागि स्क्रिनङ तथा स्त्रीरोग सम्बन्धि निःशुल्क परिक्षण सम्पन्न भएको छ । सोमबार देवचुली नगरपालिका वडा नं २ को वडा कार्यालयमा निस्शुल्क परिक्षण सम्पन्न भएको हो ।
दिव्यपुरी महिला स्वाबलम्वन बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रेनुका बस्ताकोटीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख आतिथ्यता देवचुली नगरपालिकाका नगर उपप्रमुख पार्वता तिवारीले गर्नुभएको थियो ।
निःशुल्क परिक्षणमा १ सय २ जना महिला दिदिबहिनीहरूले सेवा लिएका छन् । जसमा ८ जनामा पोजेटिभ देखिएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि रहनुभएकी देवचुली नगरपालिकाका नगर उपप्रमुख तिवारीले अझैपनि समाजमा महिलाहरूले आफ्नो स्वास्थ्य अवस्थाको बारेमा खुलेर बोल्न नखोज्दा विभिन्न किसिमका समस्या निम्ति रहेको पाईएको बताउनुभयो । उहाँले गाउँठाउँमा आउने शिविरमा आफ्ना समस्या खुलेर राख्न र बेलैमा रोगको पहिचान गरि स्वस्थ रहन महिला दिदिबहिनीहरूलाई सुझाव दिनुभएको थियो ।
वि।पि कोईराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको प्राविधिक सहयोगमा संचालन भएको एक दिने शिविरमा डा।दिप्ती शर्मा र डा।रवि रेग्मीले परिक्षण गर्नुभएको थियो जसमा स्थानीय महिलाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
संस्थाका अध्यक्ष रेनुका बस्ताकोटीले महिला सहकारीले रकम बचत मात्रै नभई महिला दिदिबहिनीहरूको स्वास्थ्य सम्बन्धि पनि काम गरिरहेको बताउनुभयो । उहाँले महिलाका क्षेत्रमा सहकारीले विगतका दिन देखि नै विभिन्न कार्य गरिरहेको समेत जानकारी दिनुभयो ।
निस्शुल्क स्वास्थ्य शिविरमा देवचुली नगरपालिका वडा नं २ का वडाध्यक्ष शरद प्रसाद घिमिरे, देवचुली नगरपालिका स्वास्थ्य शाखा प्रमुख राम कुमार श्रेष्ठ, चौधरी उद्योग ग्रामका वरिष्ठ महाप्रबन्धक रामकाजी सिटौला , नेपाल रेडक्रस सोसाईटी देवबरचुली शाखाका सभापति सुशिला रिमाल, समाजसेवी अशोक बस्ताकोटी, जिल्ला समन्वय समिति नवलपुरका सदस्य सरस्वती पाठक, देवचुली २ का वडा सदस्य चेतमाया वि।क, हरिभक्त श्रेष्ठ लगायत स्थानी आमा समूहका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। शिविरमा सहयोगी संस्थाका रूपमा सिजि इण्डस्ट्रियल पार्क, हाम्रो औसधि पसल केउरेनी, नेपाल रेडक्रस सोसाईटी देव वरचुली उपशाखा, नेपाल फर्मा सियूटीकल विरगंज, देउराली जनता फर्मा सियूटीकल काठमाडौं रहेको थियो ।दिव्यपुरी महिला स्वाबलम्वन सहकारीको आयोजनामा निस्शुल्क शिविर सम्पन्न
देवचुली,
दिव्यपुरी महिला स्वाबलम्वन बहुउद्देश्यीय सहकारी संस्थाको आयोजनामा देवचुलीमा स्तन तथा पाठेघर क्यान्सरको रोकथामका लागि स्क्रिनङ तथा स्त्रीरोग सम्बन्धि निःशुल्क परिक्षण सम्पन्न भएको छ । सोमबार देवचुली नगरपालिका वडा नं २ को वडा कार्यालयमा निस्शुल्क परिक्षण सम्पन्न भएको हो ।
दिव्यपुरी महिला स्वाबलम्वन बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रेनुका बस्ताकोटीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख आतिथ्यता देवचुली नगरपालिकाका नगर उपप्रमुख पार्वता तिवारीले गर्नुभएको थियो ।
निःशुल्क परिक्षणमा १ सय २ जना महिला दिदिबहिनीहरूले सेवा लिएका छन् । जसमा ८ जनामा पोजेटिभ देखिएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि रहनुभएकी देवचुली नगरपालिकाका नगर उपप्रमुख तिवारीले अझैपनि समाजमा महिलाहरूले आफ्नो स्वास्थ्य अवस्थाको बारेमा खुलेर बोल्न नखोज्दा विभिन्न किसिमका समस्या निम्ति रहेको पाईएको बताउनुभयो । उहाँले गाउँठाउँमा आउने शिविरमा आफ्ना समस्या खुलेर राख्न र बेलैमा रोगको पहिचान गरि स्वस्थ रहन महिला दिदिबहिनीहरूलाई सुझाव दिनुभएको थियो ।
वि।पि कोईराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको प्राविधिक सहयोगमा संचालन भएको एक दिने शिविरमा डा.दिप्ती शर्मा र डा.रवि रेग्मीले परिक्षण गर्नुभएको थियो जसमा स्थानीय महिलाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
संस्थाका अध्यक्ष रेनुका बस्ताकोटीले महिला सहकारीले रकम बचत मात्रै नभई महिला दिदिबहिनीहरूको स्वास्थ्य सम्बन्धि पनि काम गरिरहेको बताउनुभयो । उहाँले महिलाका क्षेत्रमा सहकारीले विगतका दिन देखि नै विभिन्न कार्य गरिरहेको समेत जानकारी दिनुभयो ।
निस्शुल्क स्वास्थ्य शिविरमा देवचुली नगरपालिका वडा नं २ का वडाध्यक्ष शरद प्रसाद घिमिरे, देवचुली नगरपालिका स्वास्थ्य शाखा प्रमुख राम कुमार श्रेष्ठ, चौधरी उद्योग ग्रामका वरिष्ठ महाप्रबन्धक रामकाजी सिटौला , नेपाल रेडक्रस सोसाईटी देवबरचुली शाखाका सभापति सुशिला रिमाल, समाजसेवी अशोक बस्ताकोटी, जिल्ला समन्वय समिति नवलपुरका सदस्य सरस्वती पाठक, देवचुली २ का वडा सदस्य चेतमाया वि।क, हरिभक्त श्रेष्ठ लगायत स्थानी आमा समूहका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। शिविरमा सहयोगी संस्थाका रूपमा सिजि इण्डस्ट्रियल पार्क, हाम्रो औसधि पसल केउरेनी, नेपाल रेडक्रस सोसाईटी देव वरचुली उपशाखा, नेपाल फर्मा सियूटीकल विरगंज, देउराली जनता फर्मा सियूटीकल काठमाडौं रहेको थियो ।