देवचुली,
देवचुली नगरपालिका १६ मा रहेको प्रकृतिक चिकिसालयमा पछिल्लो समय राज्यपदस्थ व्यक्तित्वहरु, राजनितिक दलका शिर्ष नेताहरु समेत आफ्नो दैनिक खानपान, जीवनशैली सुधार र शरिरमा जम्मा भएका विकार डिटक्सिफिकेशनको लागि आउँने गर्नुभएको छ ।
त्यस्तै चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्मा प्राकृतिक चिकित्सालय रजहरमा बेलाबेला आईरहनुहुन्छ । उसो त शर्मालाई स्वास्थ सम्वन्धिको कुनै समस्या भने छैन । शरिर पनि कुनै मेशिन भन्दा कम नभएको भन्दै यसलाई बेलाबेला डिटक्सेसनको आवस्यक पर्ने र त्यसको लागि प्राकृतिक चिकित्सालय उपयुक्त गन्तव्य भएको शर्मा बताउनुहुन्छ । आँफु सांगितिक कार्यक्रमहरुको शिलशिलामा व्यस्त रहँदा खानपानमा अनियमितता हुने हुनाले फुर्सद मिल्नासाथ प्राकृतिक चिकित्सालयमा आएर स्वस्थ खानपान र शारिरीक क्रियाकलापमा सहभागी हुने गरेको शर्माको भनाई छ । प्राकृतिक चिकित्सालय शरिरमा भएका विकार डिटक्स गर्नको लागि महत्वपुर्ण गन्तव्य भएको हुनाले आफु आउदा दिनहरुमा पनि चिकित्सालयको सेवा उपयोग गर्ने बताउँदै सर्वसाधरण नागरिकलालाई पनि प्रकृतिक चिकित्सालय को सेवा लिएर स्वास्थ लाभ गर्न आग्रह गर्नुभयो । शर्माले आफ्नो आहार विहार, जिवनशैलीमा सकारात्मक बनाउन प्राकृतिक चिकित्सालयले कोशेढुङ्गाको काम गरेको अनुभव सुनाउनुभयो । हरेक जीव माटोबाट उत्पन्न भै माटोमै विलिन हुने भएको बताउनुहुँदै उहाँले पछिल्लो जलबायु परिवर्तनको असर कम गर्न र व्यस्त जिवनशैलीमा स्वस्थ रहने चुनौति लाई मात दिन प्राकृतिक जिवनशैली अप्नाउनु अपरिहार्य रहेकोमा जोड दिनुभयो । स्वस्थ शरिर भएमात्र हामीले गर्ने दैनिक क्रियाकलापकको गुणस्तर वृद्धि गर्न सकिने शर्माले बताउनुभयो ।
सामुदायिक प्राकृतिक चिकित्सालय प्राकृतिक उपचारका विधिहरूमा आहार नै औषधि, औषधि नै आहार मूलमन्त्र छ । फलाहार, रसाहार र उपवाश योग ध्यानसमेतमा अभ्यस्त गराउँदै नर्मल दुःखेका भागहरूको माटोपट्टी, आँखापट्टी, एनिमा, तातो तथा चिसो पानीमा खुट्टा डुबाउने, दुखेको भागमा तातो माटोले सेक्ने, हट हिप बाथ, लोकल स्टिम, स्टिम बाथ, सौना बाथ, पत्र पोटेली मसाज, भाइब्रो मसाज, शरीरको सम्पूर्ण अर्थात् तोकिएको भागको तेल वा पाउडर तथा सुक्खा मालिस, कम्मरपट्टी, छातीपट्टी, खुट्टा र हातपट्टी, जल नेती, रबरनेती, सूत्रनेती, कुन शरीरको सम्पूर्ण भागमा माटो लेपन, ठूलो आन्द्रा सफा गर्ने आदि केही महत्त्वपूर्ण विधिहरू हुन् ।
चिकित्सालयले बिरामीलाई आकाश, वायु, अग्नि, सूर्यको किरण जल (पानी), पृथ्वी (माटो) आदि पञ्चतत्वको सहयोगको सहजता दिलाउन एवं खानपान र जीवनशैली परिवर्तनमा सहजीकरण गर्छन्।