देवचुली
दलदले दुग्ध विकास सहकारी संस्था लिमिटेडको ३० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार देवचुली नगरपालिकाका उपप्रमुख पार्वता तिवारीको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष हरि प्रसाद काफ्लेको अध्यक्षतामा देवचुली १३ स्थित साहरा पार्टी प्यालेसको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्नुहुदै उपप्रमुख तिवारीले सहकारी र किसानहरु बिच साझेदारीमा काम गर्नुपर्ने बताउनुभयो । नगरपालिकाको सम्पुर्ण किसानलाई समान अनुदान दिनुपर्ने कर्तब्य भएको बताउनुहुदै साना ठुला किसानले मिलेर अधिकारको सदुपयोग गर्न आग्रह गर्नुभयो । किसानहरु जीविकोपार्जन मात्र भन्दा पनि आर्थिक उन्नतिका लागि ब्यबसाय बिस्तारमा लाग्नुपर्नेमा जोड दिनुभयो ।
वडा न १३ का वडा अध्यक्ष एकदेव पौडेलले नगरपालिकाले उपलब्ध गराएको साइलेजको सबै कृषकलाई सहज हुनेगरी सदुपयोग गर्न आग्रह गर्नुभयो । साथै उहाँले वडा आउँदो बर्षको निति कार्यक्रमको तयारीमा रहेकाले किसानहरुलाई आवस्यक बिषय बस्तुको माग गर्न आग्रह गर्नुभयो । वडा न १५ का वडा अध्यक्ष सुरेश कुमार रानाभाटले वडाले सधै किसानको हितमा काम गरिरहेको जानकारी दिनुहुँदै किसानहरुलाई व्यावसायिक कृषि तथा पशुपालनमा लाग्नुपर्ने बताउनुभयो ।
संस्थापक अध्यक्ष तोयनाथ पौडेल, पुर्व अध्यक्ष थान प्रसाद पंगेनी, किसानको तर्फबाट ठाकुर प्रसाद पौडेलल गायतले शुभकामना मन्तव्य राख्नुहुँदै संस्था स्थापना गरि संचालन गर्दाका चुनौती स्मरण गर्दै थप उन्नतिको कामना गर्नुभएको थियो । कार्यक्रममा सहकारीमा सबैभन्दा दुध विक्रि गर्ने, सफा दुध विक्रि गर्ने, नियमित दुध विक्रि गर्ने तथा उत्कृष्ट कृषकहरुलाई नगद र प्रमाणपत्रले सम्मान समेत गरिएको थियो ।
संस्थाको वार्षिक प्रतिवेदन अध्यक्ष हरिप्रसाद काफ्ले, सचिवको प्रतिवेदन सचिव अप्सरा पौडेल र लेखा समितिको प्रतिवेदन लेखा समिति संयोजक शिव प्रसाद अधिकारीले प्रस्तुत गर्नुभएको थियो ।संस्थाका उपाध्यक्ष सन्तोष पौडेलले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण सचिव अप्सरा पौडेलले गर्नुभएको थियो ।