देवचुली
देवचुली जेसिजको १० औँ पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रम (आज) शुक्रबार सम्पन्न भएको छ। देवचुली पार्टी प्यालेस दलदलेमा सम्पन्न भएको कार्यक्रममा जेसिज वर्ष २०२४ का अध्यक्ष सन्तोष काफ्लेको अध्यक्षता सँगै देवचुली नगरपालिकाका नगरप्रमुख हरि प्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो।
शुत्रबार सम्पन्न कार्यक्रमबाट जेसिज वर्ष २०२५ का अध्यक्ष ढुण्डीराज क्षेत्री (डि.आर) लाई वर्ष २०२४ का अध्यक्ष सन्तोष काफ्लेले पद हस्तान्तरण गर्दै सम्पूर्ण पदाधिकारीहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो । जेसिज वर्ष २०२५ का लागी अध्यक्षमा ढुण्डीराज क्षेत्री सँगै कार्यकारिणी उपाध्यक्षमा पुष्पराज लामिछाने र जीवन भुसाल, उपाध्यक्षमा गौरवराज श्रेष्ठ, सुरज बस्याल, दीपक पोखरेल, केशव भण्डारी सहित सचिवमा चित्र बहादुर थापा ( भरत ) तथा कोषाध्यक्षमा सुरज भुसाल, सह कोषाध्यक्षमा राज न्यौपाने तथा कानुनी सल्लाहकारमा विजय पङ्गेनी र महासचिवमा नरेन्द्र भण्डारी लगायतका रहेका छन्।
कार्यक्रममा शुभकामना मन्तव्य राख्नुहुँदै देवचुली नगरपालिकाका प्रमुख हरि प्रसाद न्यौपाने , उप प्रमुख पार्वता तिवारी, प्रशासकीय अधिकृत दिवाकर पौडेल ,नेपाल जेसिज पूर्व रास्ट्रीय अध्यक्ष अरुणेश्वर खनाल, निरूपित रास्ट्रीय उपाध्यक्ष मणि प्रसाद अर्याल , नेपाल जेसिज २०२५ कार्यकारिणी उपाध्यक्ष कृष्ण सापकोटा , नेपाल जेसिजका पुर्व राष्ट्रिय उपाध्यक्ष बद्रि सापकोटा , नेपाल जेसिजका पूर्व कार्यकारिणी उपाध्यक्ष गोकुल सापकोटा , देवचुली जेसिजका संस्थापक अध्यक्ष केबी राना , प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष खिमानन्द भुसाल तथा देवचुली जेसिजका पूर्व अध्यक्ष गणेश सापकोटा लगायतले सम्पूर्ण पदाधिकारीहरूलाई इमान्दारी पूर्वक आफ्नो जिम्मेवारी निभाउन सुझाव दिनुहुँदै जेसिजले हाल सम्म गरेका कार्यहरूलाई निरन्तरता दिँदै थप उदाहरणीय कार्यहरू गर्न आग्रह गर्नुभएको थियो।
२०२४ का अध्यक्ष सन्तोष काफ्लेले कार्यक्रममा जेसिज अफ द इयरको रुपमा नरेन्द्र भण्डारी , सर्वोत्कृष्ट मनोनितको रुपमा जीवन भुसाल , सर्वोत्कृष्ट सहयोगीको रुपमा पुष्पराज लामिछाने सहित उत्कृष्ट कार्यक्रम संयोजकको रुपमा चित्र बहादुर थापालाई सम्मान गर्नुहुँदै अन्य पदाधिकारीहरूलाई आफ्नो कार्यकाल सफल बनाउन सहयोग पुर्याएकोमा आभार व्यक्त गर्नुभएको थियो।