देवचुली
सर्वोदय संस्थाको आयोजनामा देवचुली १३ मा सञ्चालित ६ दिने सिलाई सीप विकास तालिम आज सोमबार सम्पन्न भएको छ।
देवचुली उद्योग वाणिज्य सङ्घ देवचुली १३ को सभाहलमा सम्पन्न कार्यक्रममा संस्थाका अध्यक्ष युवराज वाग्लेको अध्यक्षता सँगै देवचुली नगरपालिकाका नगर प्रमुख हरि प्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहको थियो।
सर्वोदय संस्थाको चाहना , समावेशी , सीप र उद्यमशीलता सहितको समतामूलक समाजको परिकल्पना भन्ने उद्देश्यका साथ सञ्चालित तालिममा लक्ष्मी सनराइज बैङ्क लिमिटेडको सहयोग थियो। अपाङ्गता भएका व्यक्ति तथा उनीहरूको परिवारको आर्थिक विकास समृद्धिको लागी आत्मनिर्भरता र उद्यमशीलता बनाउन कार्यक्रमको आयोजना गरिएको अध्यक्ष युवराज वाग्लेले बताएका छन्।
वाग्लेले अपाङ्गताको कारण आफूलाई कमजोर मान्न नहुने र आफूमा आइपर्ने समस्याको बारेमा डटेर सामना गर्न सक्ने हुनु पर्ने बताएका थिए। तालिममा सहभागी भएका प्रशिक्षार्थीहरूले यहाँ सिकेका सीपलाई आफ्नो जीवनमा प्रयोगमा ल्याएर आफूलाई आत्मनिर्भर बनाउने बताउँदै आयोजकलाई धन्यवाद दिएका थिए।
जमुना बसेल प्रशिक्षकको रुपमा रहेको तालिममा सहभागी सम्पुर्णलाई प्रमाण पत्र प्रदान गरिएको थियो।
कार्यक्रममा देवचुली १३ का वडा अध्यक्ष एकदेव पौडेल ,लक्ष्मी सनराइज बैंक रजहर शाखाका प्रबन्धक कृष्ण प्रसाद सुवेदी र कर्मचारी तिलक कँडेल , प्रगतिनगर खानेपानी संस्थाका अध्यक्ष खिमानन्द भुसाल , दिव्यपुरी खानेपानी संस्थाका अध्यक्ष तिल प्रसाद पाठक सहित विभिन्न स्थानीय सङ्घ संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
,