देवचुली
नवलपुरको देवचुली नगरपालिकाको दलदले बजारमा रहेको होटल एमआइडीमा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। शुक्रबार होटल परिसरमा आयोजना गरिएको सांस्कृतिक कार्यक्रममा लोक तथा दोहोरी गायिका दुर्गा सापकोटा, गायक तथा उद्घोषक संजय देवकोटा, दीप काफ्ले, बेली डान्सर बन्दना विश्वकर्मा लगायतको प्रस्तुति रहेको थियो।
बेलुका ६ बजेबाट सुरु भएको सांस्कृतिक कार्यक्रममा दुर्गा सापकोटाले नैना रेशम, पस्मिनाको बर्को लगायत आधा दर्जन गीत गाउनुभएको थियो। साथै उहाँले दोहोरी समेत प्रस्तुत गर्नुभएको थियो। यसैगरी अर्का कलाकार सञ्जय देवकोटाले आफ्नै गीत कुरा बुझ्देउन लगायत अन्य थुप्रै गीत गाएर मनोरञ्जन प्रदान गर्नुभएको थियो।
यसैगरी अर्का कलाकार दीप काफ्लेले भजन मार्फत उपस्थित ज्येष्ठ सेवाग्राही दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्नुभएको थियो। बेली डान्सर बन्दना विश्वकर्माले बेली डान्स गरिरहँदा उपस्थित युवा पुस्तालाई तानेको थियो। करिब ४ घण्टासम्म चलेको सांस्कृतिक कार्यक्रममा दलदले र यस आसपासका विभिन्न स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको होटल एमआइडीका सञ्चालक मिन गौतमले जानकारी दिनुभयो ।
उहाँले दलदले बजारमा सुरु गरिएको होटल एमआईडी शुद्धतामा अब्बल रही स्वाद र परिकारले सेवाग्राहीलाई खुसी बनाउनेमा सञ्चालक गौतम विश्वस्त हुनुहुन्छ।
दलदलेमा खुलेको होटल एमआइडीमा विवाह, व्रतबन्ध, पास्नी, जन्मोत्सव लगायतका विभिन्न कार्यक्रम र सभा गर्नको लागि उपयुक्त ठाउँ रहेको छ।