देवचुली,
गण्डकी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पदमा जिसी श्रेष्ठले सहकारीहरुले सहकारीका मूल्य, मान्यता र सिद्धान्त बमोजिम कार्य सञ्चालन गर्नुपर्ने बताउनुभएको छ । जिल्ला सहकारी संघ लिमिटेडको ४२ औं बार्षिक साधारण सभाको अवसरमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
“सहकारीमा शुसासनः प्रविधि र एकीकरण” भन्ने नारासहित सञ्चालित जिल्ला सहकारी संघ लिमिटेडको ४२ औं बार्षिक साधारण सभा शनिबार देवचुलीमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष तिलकप्रसाद पराजुलीको अध्यक्षतामा सम्पन्न साधारण सभाको प्रमुख आतिथ्यता गण्डकी प्रदेशका कृषि, भूमि तथा सहकारी मन्त्री पदमा जिसी श्रेष्ठको रहेको थियो ।
साधारण सभाको अवसरमा देवचुली नगरपालिकाका नगरप्रमुख हरिप्रसाद न्यौपाने, जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष बद्रीनाथ नेपाल, पूर्व अध्यक्ष तथा सल्लाहकार केशव प्रसाद सापकोटा, देवचुली नगर सहकारी सञ्जालकी अध्यक्ष रेनुका बस्ताकोटी, विनय त्रिवेणी गाउँपालिकाका सहकारी अधिकृत यम शर्मा पौडेल, नेस्फ्कुनका संचालक गोपाल प्रसाद गौतम, राष्ट्रिय सहकारी महासंघका संचालक होमनाथ जैसीले शुभकामना मन्तव्य राख्नुहुँदै संस्थाको थप उन्नति प्रगतिको कामना गर्नुभयो ।
सोही अवसरमा जिल्ला सहकारी संघको रिक्त रहेको उपाध्यक्ष पदमा मध्य नेपाल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तुलमणी पौडेललाई नियुक्त गरिएको छ । रिक्त पदपूर्तिका लागि बद्रिनाथ नेपालको संयोजकत्वमा शालिकराम कोइराला र ऋषिराम लम्साल सदस्य रहने गरि निर्वाचन समिति गठन गरिएको थियो । ४२ औँ साधारण सभाको अवसरमा विकु साकोसका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद पौडेल, मध्य नेपाल साकोसका प्रमुख कार्यकारी अधिकृत नरभूपाल भुसाल, साना किसान कृषि सहकारी संस्था कावासोतीकी प्रवन्धक सीता पाठक, विनय त्रिवेणी गाउँपालिकाका सहकारी अधिकृत यम शर्मा पौडेललाई सम्मान गरिएको थियो ।
कार्यक्रममा संस्थाको वार्षिक प्रतिवेदन अध्यक्ष तिलक प्रसाद पराजुली, सचिवको प्रतिवेदन सचिव श्यामसुन्दर लामिछाने, कोषाध्यक्षको प्रतिवेदन कोषाध्यक्ष टिकाराम कंडेल र लेखा प्रतिवेदन संयोजक छबिलाल अर्यालले प्रस्तुत गर्नुभएको थियो । संस्थाका उपाध्यक्ष खिनाकुमारी भुसालको स्वागत मन्तव्य रहेको कार्यक्रमको सहजीकरण संघका सचिव श्यामसुन्दर लामिछानेले गर्नुभएको थियो ।