देवचुली
अमरज्योति सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा टिकाराम देवकोटा निर्वाचित हुनुभएको छ।
आज शनिबार संस्थाको कार्यालय परिसरमा सम्पन्न निर्वाचनमा आफ्नो निकटतम प्रतिद्वन्दी कान्ता पोखरेल पण्डित (कमलको फूल ) र यमनाथ बस्ताकोटी (घडी) लाई पराजित गर्दै टिकाराम देवकोटा (मन्दिर) निर्वाचित हुनुभएको हो। देवकोटाले कुल मतको ३ सय १८ मत ल्याउँदा अर्का उम्मेदवार पोखरेलले १ सय १७ मत तथा यमनाथ बस्ताकोटीले २ सय ४ मत प्राप्त गर्नुभएको थियो।
समितिको बाँकी अन्य पद भने सर्वसम्मत चयन भएको थियो। समितिको उपाध्यक्षमा होम बहादुर दरै, सचिवमा अनिता बगाले, सह–सचिवमा गणेश बहादुर विश्वकर्मा र कोषाध्यक्षमा हिमा कुमारी सारू थापा निर्वाचित भैसक्नु भएको छ ।
यसैगरी सदस्यहरूमा खिमलाल उपाध्याय, सीता देवि गौतम, शिव घिमिरे ९गोपाल०, दिव्य कला तिमिल्सेना, प्रमेश श्रेष्ठ, उषा थापा मगर, शमशेर बहादुर अधिकारी, ढुण्डीराज केसी र अमृता दरै सर्वसम्मत निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक सुर्य प्रसाद पोखरेलले जानकारी दिनुभएको थियो।
कुल १ हजार १३ उपभोक्ता रहेको वनमा आज सम्पन्न निर्वाचनमा जम्मा ६ सय ५३ मत खसेको थियो जसमा १४ मत बदर भएको थियो। बिहान सवा ८ बजेदेखि सुरु भएको मतदान दिउँसो २ बजे सम्पन्न भए सँगै साँझ ५ बजे सम्म नतिजा सार्वजनिक गरिएको निर्वाचन समितिका संयोजक पोखरेलले जानकारी दिनुभयो ।
निर्वाचनमा कुल मतको ६४.४६ प्रतिशत मात्र मत खसेको थियो।