देवचुली,
देशभरीकै उत्कृष्ट खानेपानी संस्थाका रुपमा परिचित प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले उपभोक्ताका हितमा रहेर काम गरेको देवचुली नगरपालिकाका नगरप्रमुख हरि प्रसाद न्यौपानेले बताउनुभएको छ ।

शनिबार प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको २७ औं वार्षिक साधारण सभा कार्यक्रमको प्रमुख अतिथी रहनुभएको न्यौपानेले संस्थाको प्रशंसा गर्दै आगामी दिनमा पनि सफा खानेपानीको वितरणमा संस्था सधै प्रतिबद्ध रहनुपर्ने कुरामा जोड दिनुभएको थियो । साथै उहाँले जुनकुनै संस्थामा पनि नेतृत्व चयनको लागि समिती र उपभोक्ता सचेत हुनुपर्ने बताउनुभएको थियो । समिति राम्रो बन्दा संस्थाको विकास पनि हुने बताउनुभयो ।

शनिबार देवचुली नगरपालिकाको सभाहलमा प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको साधारण सभा सम्पन्न भएको हो । कार्यक्रममा संस्थाका अध्यक्ष खिमानन्द भुसालको अध्यक्षता रहेको थियो । कार्यक्रममा संस्थाको आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै भुसालले आ।व। २०८०र८१ मा १ सय ४३ धारा वितरण, ४ जना गरिब तथा विपन्न परिवारको शौचालय निर्माणमा सहयोग गरेको बताउँदै ४३ जना गरिव तथा विपन्न उपभोक्तालाई धारा जडान गर्न पुर्ण तथा आंशिक सामाग्री प्रदान गरिएको बताउनुभयो ।

साथै संस्थाले आउँदा दिनमा सुरक्षित खानेपानीको सुनिस्चितता, एक घर एक धारा पुर्ण भएको वडा घोषणा गर्ने, गरिव तथा विपन्न परिवारलाई शौचालय सुधार, जुठेल्नु सुधारको लागि सहयोग, राष्ट्रिय तथा अन्तराष्ट्रिय उत्कृष्ट खानेपानी संस्थाहरुसँग भगिनी सम्बन्ध कायम गरिने योजना बनाएको छ ।
कार्यक्रममा प्रगतिनगर खानेपानी संस्थाका सल्लाहाकार समिति सदस्य होमनाथ जैसी, सत्यनारायण भुसाल, वडा नं ११ का वडा अध्यक्ष तिलप्रसाद काफ्ले, वडा नं ७ का वडाध्यक्ष भुमिसरा आले, वडा नं १० का वडाध्यक्ष रेप्तीकुमार घर्ती, वडा नं १३ का वडाध्यक्ष एकदेव पौडेल, वडा नं १५ का वडाध्यक्ष सुरेशकुमार रानाभाट, सुरक्षा योजना उप समितिका सचिव लोकप्रसाद अर्याल, परेवक्षक हरिभक्त भट्टराई, लोकप्रसाद भुर्तेल, प्रतिनिधिकोतर्फबाट कमला भट्टराई, नारायण पौडेल, नेपाल रेडक्रस सोसाईटी नवलपुरका सभापति डिल्लिराम कडरिया, लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

संस्थाको वार्षिक प्रतिवेदन अध्यक्ष खिमानन्द भुसाल, आर्थिक प्रतिवेदन कोषाध्यक्ष गुना भण्डारीले प्रस्तुत गर्नुभएको थियो । संस्थाका उपाध्यक्ष दुर्गादेवि विष्टले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण सचिव इन्द्रमणी भुसालले गर्नुभएको थियो ।

संस्थाले उपभोक्ताहरुलाई सफा र सुरक्षित खानेपानीको पहुँचको लागि नियमित रुपमा पानीको गुणस्तर परिक्षण सँगै २४ सैं घण्टा पानी वितरण गर्ने गरेको छ । प्रगतिनगर खानेपानी संस्थामा हालसम्म ५ हजार ४ सय १८ उपभोक्ता सदस्य रहेका छन् ।
