देवचुली
नवलपुरको देवचुली नगरपालिकामा रहेको पर्यटकीय गन्तव्य पिप्रहरमा दोस्रो माघी मेला आयोजना हुने भएको छ । माघे सक्रांन्तीलाई लक्षीत गरी माघी मेलाको तयारी सुरु भएको हो ।
बिहिवार पिप्रहर सामुदायिक होमस्टे ग्रामका अध्यक्ष चन्द्रमाया महतोको अध्यक्षता बसेको बैठकले पुस २९ गतेदेखि माघ २ गतेसम्म माघी मेला गर्ने निर्णय गरेको छ ।
बैठकले मेला सफलतापुर्वक सम्पन्न गर्न मुल आयोजक समिति, आर्थिक समिति तथा खेलकुद समिति गठन गरेको छ । मुल आयोजक समितिको संयोजकमा रिम बहादुर आल, सह–संयोजकमा पुर्णकला खोजवार, सचिवमा सोमनाथ महतो, सह–सचिवमा सुजन सापकोटा, कोषाध्यक्षमा हरि प्रसाद गौतम र सदस्यहरुमा विष्णुप्रसाद वाग्ले, प्रकाश हमाल, सन्तोष धिताल, वासु वावु कोइराला, विष्णु प्रसाद आचार्य, अमृता गौतम, तुलसी गौतम, मन बहादुर महतो, प्रेम बहादुर शाही र सुनिता जिसी रहनुभएको छ ।
त्यस्तै आर्थिक समितिको संयोजकमा विष्णु प्रसाद आचार्य र सदस्यहरुमा संगिता बराल सापकोटा, बासु वावु कोइराला, विष्णु बहादुर आले र हरि प्रसाद गौतम हुनुहुन्छ भने खेलकुद समिति संयोजकमा सन्दीप पौडेल, सदस्यहरुमा सरोज पौडेल, राजिव शाही, डोल बहादुर महतो र यम बहादुर खोजवार रहनुभएको छ ।
पिप्रहरमा आयोजना हुने माघी मेलालाई पोहोर भन्दा अझै व्यवस्थित गरि थारु जातीको पहिचान झल्कने भेषभुषा, नृत्य तथा परिकारहरु प्रस्तुत गरि सांस्कृतिक कार्यक्रमको आयोजना गरिने संयोजक रिमबहादुर आलेले बताउनुभयो।