देवचुली
देवचुली नगरपालिका ३ मा रहेको सकलादेवी सामाजिक उद्यमी महिला सहकारी संस्थाका नवनिर्वाचित पदाधिकारीहरूले सपथग्रहण गरेका छन् । बिहीवार संस्थाको कार्यालय परिसरमा जिल्ला समन्वय समितिकी उपप्रमुख सकुन्तला लम्सालको प्रमुख आतिथ्यतामा जिम्मेवारी हस्तान्तरण तथा सपथग्रहण गराइएको हो ।
नव गठित पदाधिकारीलाई सफल कार्यकालको शुभकामना दिनुहुँदै लम्सालले महिलाहरूले सञ्चालन गरेको सहकारीले उत्कृष्ट काम गरिरहेकोमा खुसी व्यक्त गर्दै जिल्ला समन्वय समिति सँधै सहकारीको साथमा रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

नवगठित समितिको अध्यक्षमा यामकला पाण्डे भुसाल, उपाध्यक्ष विष्णु तिवारी लम्साल, सचिव कुमारी विष्णु पाण्डे भण्डारी, सहसचिव सुनिता मुग्मी मगर, कोषाध्यक्ष देवु रेग्मी पौडेल रहनुभएको छ ।

त्यस्तै सदस्यहरूमा गोमादेवि पौडेल तिमिल्सिना, सिता थापा, टिकामाया सिँजाली, बसुन्धरी रेग्मी वाग्ले, चन्द्रमाया बिक, निरमाया पौडेल, भगवती पाण्डेय, चन्दा पौडेल सर्वसम्मत चयन हुनुभएको छ । लेखा तथा सुपरीवेक्षण समितिको संयोजकमा बसन्ती मल्ल पौडेल, सदस्यहरू रेनुका भुसाल, लक्ष्मी लामिछाने सिग्देल रहनुभएको छ ।

नवगठित पदाधिकारीहरूले आफ्नो कार्यकालमा उदाहरणीय ढङ्गले काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । सपथग्रहण कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख सकुन्तला लम्साल, देवचुली ३ का वडा अध्यक्ष होमनाथ पौडेल, समाजसेवी कमल कान्त वाग्ले, दिव्यपुरी खानेपानीका अध्यक्ष तिल प्रसाद पाठक लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

निर्वाचन समितिका संयोजक युवराज वाग्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण निर्वाचन समितिका सदस्य ईश्वर प्रसाद रेग्मीले गर्नुभएको थियो ।