कावासोती
शिव नमूना माध्यमिक विद्यालय कावासोती नगरपालिका –२ को स्वर्ण महोत्सवको आज एक कार्यक्रमको बिच उद्घाटन गरिएको छ । स्वर्ण महोत्सव मूल समारोह समितिका संयोजक एवम् बिधालय व्यवस्थापन समितका अध्यक्ष विष्णु प्रसाद पाण्डेको अध्यक्षता सँगै नेपाल सरकारका उप प्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यमा उद्घाटन गरिएको हो ।
आज शनिबार सम्पन्न कार्यक्रममा बिधालयका प्रधानाध्यापक अर्जुन प्रसाद पौडेलले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुहुँदै बिधालयको विगत र वर्तमान सँगै भावी योजनाको बारेमा प्रष्ट पर्नुभएको थियो।
प्रधानाध्यापक पौडेलले प्रतिवेदन प्रस्तुत गर्दै यस शिव नमुना माध्यमिक विधालयलाई नमुनाको पनि नमुना बनाउने र एआई ( कृत्रिम बुद्धिमत्ता ) को जनामा अनुरूप विद्यालयलाई प्रविधिमैत्री बनाउने प्रतिवद्धता गर्नुभएको थियो।
विद्यालयमा निकट भविष्यमा आवश्यक भौतिक पूर्वाधार अन्तर्गत अत्याधुनिक लाइब्रेरी , इ- लाइब्रेरी तथा विज्ञान प्रयोगशालाको व्यवस्थापन गरिने योजना समेत बनेको छ।
स्वर्ण स्तम्भ अनावरण सँगै स्मारिका विमोचन गर्दै आफ्नो भनाई राख्ने क्रममा कार्यक्रमका समेत प्रमुख अतिथि रहनुभएका उप प्रधान तथा सहरी विकास मन्त्री सिंहले यस विद्यालयले स्थापनाको ५० बसन्त पार गर्दा सम्म यस क्षेत्रको शैक्षिक तथा सामाजिक क्षेत्रमा पुर्याएको योगदानको बयान गरि नसक्नु भएको बताउनुहुँदै स्वर्ण महोत्सवको सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य विना कुमारी थनेत , गण्डकी प्रदेश सभा सदस्यहरु पदमा जिसी ,रोशन बहादुर गाहा र दमयन्ती रुचाल , संबिधान सभा सदस्य कृष्ण पौडेल , जिल्ला समन्यव समितिका प्रमुख बाबुराम बिश्वकर्मा , कावासोती नगरपालिकाका नगर प्रमुख बिष्णू प्रसाद भुसाल , कावासोती नगरपालिकाका उप नगर प्रमुख फुल कुमारी थनेत , शिक्षा विकास तथा समन्वय इकाई नवलपुरका प्रमुख दिपेन्द्रराज श्रेष्ठ लगायत बिभिन्न संघ संस्थाका पदाधिकारीहरु , स्थानीय जन प्रतिनिधि , विभिन्न राजनीतिक दलका पदाधिकारी , शैक्षिक व्यक्तित्व , अभिभावक , विद्यार्थी सँगै विद्यालयका सम्पूर्ण शिक्षक तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।