गैंडाकोट,
अमररापुरी बहुउद्देश्यीय सहकारी संस्थाको २९ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार संस्थाका कार्यबाहक अध्यक्ष श्यामबहादुर क्षेत्री केसीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा गैंडाकोट नगरपालिकाका नगर उपप्रमुख शान्तिदेवि कोइरालाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि कोइरालाले सहकारी संस्थाले सामाजिक कार्यमा पनि अग्रसर रहेर महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउँदै आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिन आग्रह गर्नुभएको थियो ।
संस्थाले २९ औँ वार्षिक साधारण सभाको अवसरमा विभिन्न व्यक्तिहरुलाई पुरस्कृत गरेको थियो । संस्थाले अधिकतम गाईको दुध उत्पादन गर्ने विष्णुप्रसाद पौडेल, श्याम बहादुर केसी क्षेत्री र खेमबहादुर खत्री, अधिकतम भैंसीको दुध उत्पादन गर्ने कृषक टिकाराम वन, नन्दलाल कंडेल र विष्णुमाया मगर, अधिकतम गाईको मुल्य गर्ने गुनमाया गुरुङ, दिवाकर पौडेल र माया रोका, अधिकतम भैंसीको मुल्य गर्ने बलिभद्र सापकोटा, माया घर्ती, एम.वि.सरा आले, दलित तर्फ बढी दुध बिक्रि गर्ने माया दमै, जनजातीतर्फ बढी दुध विक्री गर्ने डोलराज गुरुङ, फरक क्षमता भएका सदस्यतर्फ दुध बिक्री गर्ने चोमलाल पौडेल, कृष्ण प्रसाद सिग्देल र बालकृष्ण काफ्ले, उत्कृष्ट बाल बचतकर्ता दिप्रशन श्रेष्ठ, नियमित बचतकर्ता नारायणी देवी पौडेल, राम कुमारी पुन र कृष्णमाया मगर, दैनिक बचतकर्ता सन्जु पोख्रेल, राजेन्द्र पौडेल र सलमान अन्सारी, असल ऋणी गोकुल अधिकारी, राधा काफ्ले कंडेल र बुना देवि शर्मालाई सम्मान गरेको छ। यसैगरी संस्थाले माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा उत्कृष्ट नतिजा ल्याउने लक्ष्मी माविका दुईजना विद्यार्थी, अमरज्योति माविका दुईजना विद्यार्थी, युनिक सेकेन्डरी बोर्डिङ्ग स्कुलका तीन जना र अमर सेकेन्डरी बोर्डिङ्ग स्कुलका दुईजना गरि ९ जना र कुल ३६ जनालाई सम्मान गरेको छ ।
कार्यक्रममा संस्थाका सल्लाहकार भगवान काफ्ले, तेजेन्द्र सापकोटा, विजयज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक झलकराज पौडेल, छहारी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गोविन्दराज तिमिल्सिना, समाजसेवी दशरथ तिवारी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा आर्थिक वर्ष २०८१/०८२ को आर्थिक प्रतिवेदन संस्थाका कार्यबाहक अध्यक्ष श्यामबहादुर क्षेत्री केसीले प्रस्तुत गर्नुभएको थियो भने सचिवको प्रतिवेदन ईश्वरी सापकोटाले प्रस्तुत गर्नुभएको थियो । संस्थाका सदस्य लालमाया गुरुङले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण संस्थाका व्यवस्थापक विष्णु काफ्लेले गर्नुभएको थियो ।